4 यसकारण याहवेहले अब्रामलाई भन्नुभएझैँ तिनी गए; अनि लोत पनि तिनको साथमा गए। अब्राम हारानबाट निस्कँदा पचहत्तर वर्षका थिए। 5 अब्रामले आफ्नी पत्नी साराई, आफ्नो भतिजो लोत, र तिनीहरूले जम्मा गरेका सबै धनसम्पत्ति र हारानमा प्राप्त गरेका मानिसहरूलाई लिए; अनि तिनीहरू सबै कनान देशतिर लागे; अनि तिनीहरू त्यहाँ आइपुगे।
6 अब्राम त्यस देशबाट यात्रा गर्दै मोरेको फलाँटको ठूला रूखहरू भएको ठाउँ शेकेमसम्म आइपुगे। त्यस बेला त्यस देशमा कनानीहरू बस्थे। 7 तब याहवेह अब्रामकहाँ देखा पर्नुभयो, र तिनलाई भन्नुभयो, “यो देश म तेरा सन्तानहरूलाई दिनेछु।” यसकारण तिनले आफूकहाँ देखा पर्नुभएको याहवेहका निम्ति त्यहाँ एउटा वेदी बनाए।
8 त्यसपछि तिनी त्यहाँबाट बेथेलको पूर्वपट्टिका पहाडहरूतिर गए, र बेथेललाई पश्चिम र ऐ सहरलाई पूर्वपट्टि पारेर तिनले आफ्नो पाल टाँगे। त्यहाँ तिनले याहवेहका निम्ति एउटा वेदी बनाए, र याहवेहको नामलाई पुकार[b] गरे।
9 तब अब्राम लगातार यात्रा गर्दै दक्षिणतिर[c] लागे।
14 जब अब्राम इजिप्टमा आए, तब इजिप्टियनहरूले साराईलाई एउटी अति सुन्दरी स्त्री रहेछिन् भनी देखे। 15 अनि जब फारोका अधिकारीहरूले तिनलाई देखे, तब तिनीहरूले फारोको सामु तिनको रूपको प्रशंसा गरे; त्यसकारण साराईलाई फारोको महलमा लगियो। 16 साराईको खातिर फारोले अब्रामसित असल व्यवहार गरे; अनि तिनले अब्रामलाई भेडाबाख्रा, गाईबस्तु, गधा, सेवक-सेविका र ऊँटहरू दिए।
17 तर याहवेहले अब्रामकी पत्नी साराईको कारण फारो र तिनको परिवारमा भयानक महामारीहरू पठाउनुभयो। 18 यसकारण फारोले अब्रामलाई बोलाएर भने, “तिमीले मसित के गर्यौ? साराई तिम्री पत्नी हुन् भनी तिमीले किन भनेनौ? 19 तिमीले किन ‘तिनी त मेरी बहिनी हुन्’ भनी भन्यौ? त्यसैले त मैले तिनलाई पत्नी तुल्याउनलाई लगेँ। अब हेर तिम्री पत्नी यहाँ छिन्। तिनलाई लिएर यहाँबाट गइहाल!” 20 तब फारोले अब्रामको विषयमा आफ्ना मानिसहरूलाई आदेश दिए; अनि तिनीहरूले तिनलाई तिनकी पत्नी र तिनीसित भएका सबै थोकसहित त्यहाँबाट पठाइदिए।
<- उत्पत्ति 11उत्पत्ति 13 ->