7 अब यो बुझ कि, जस-जसले विश्वास गर्छन्, तिनीहरू अब्राहामका सन्तान हुन्। 8 धर्मशास्त्रले पहिलेदेखि नै जानेर परमेश्वरले गैरयहूदीहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ, र यो सुसमाचार धेरै अगि नै अब्राहामलाई भनिसक्नुभएको थियो: “तँद्वारा सबै राष्ट्रहरूले आशिष् पाउनेछन्।”[c] 9 त्यसकारण परमेश्वरमा विश्वास गर्ने सबैले विश्वासी अब्राहामसित नै आशिष् पाउनेछन्।
10 जति जना व्यवस्थाको काममा भर पर्दछन्, तिनीहरू सबै श्रापित हुन्; किनकि यस्तो लेखिएको छ: “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।”[d] 11 यो कुरा प्रष्ट छ, परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही मानिस धर्मी ठहरिन सक्दैन, किनकि “धर्मी जनचाहिँ विश्वासद्वारा नै जिउनेछ।”[e] 12 व्यवस्थाचाहिँ विश्वासमा आधारित हुँदैन, बरु “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जिउनेछ।”[f] 13 हाम्रा निम्ति श्राप बनेर व्यवस्थाको श्रापबाट दाम तिरी ख्रीष्टले हामीलाई उद्धार गर्नुभयो; किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “काठमा झुण्ड्याइएको हरेक श्रापित हुनेछ।”[g] 14 उहाँले हामीलाई मोल तिरेर उद्धार गर्नुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूकहाँ पुगोस्; अनि विश्वासद्वारा नै हामी परमेश्वरको आत्माको प्रतिज्ञा पाउन सकौँ।
19 त्यसो हो भने व्यवस्था दिइनुको उद्देश्य के थियो त? यो व्यवस्था अपराधको कारण दिइएको हो, त्यो प्रतिज्ञा जसलाई गरिएको थियो, त्यो सन्तान नआउन्जेल यो व्यवस्था स्वर्गदूतहरूद्वारा एक जना मध्यस्थकर्तालाई सुम्पिइएको थियो। 20 एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्वर एउटै हुनुहुन्छ।
21 तब के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरोधमा छ त? कदापि होइन! यदि व्यवस्था जीवन दिनको लागि दिइएको हो भने निश्चय नै धार्मिकता पनि व्यवस्थाबाट नै आएको हो। 22 तर धर्मशास्त्रले घोषणा गर्दछ, कि सारा संसार पापको कैदमा छ। यसकारण जे प्रतिज्ञा गरिएको थियो, येशू ख्रीष्टमा विश्वासद्वारा पाइन्छ; अनि जस-जसले विश्वास गर्दछन्, उनीहरूलाई दिइनेछ।
26 यसकारण ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ। 27 किनकि तिमीहरू जति जनाले ख्रीष्टमा बप्तिस्मा लिएका छौ, तिमीहरूले ख्रीष्टलाई धारण गरेका छौ। 28 अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै जना एक हौ। 29 यदि तिमीहरू ख्रीष्टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।
<- गलाती 2गलाती 4 ->