8 “ ‘तर म केही मानिसहरूलाई बचाइराख्नेछु; किनकि जब तिमीहरू देश र जाति-जातिहरू बीचमा छरपस्ट हुनेछौ, तब तिमीहरूमध्ये केही तरवारबाट उम्कनेछौ। 9 त्यसपछि कैदमा लगिएका मानिसहरू, जाति-जातिहरूका बीचबाट उम्कनेहरू, जसले मलाई सम्झनेछन्—तिनीहरूका व्यभिचारी हृदयबाट मदेखि अलग भएका छन्; अनि तिनीहरू आकर्षित मूर्तिहरूका पछि लागेका छन्, र तिनीहरूका लोभी नजरहरूको कारण म दुःखित भएको छु। तिनीहरूले गरेका दुष्टता र तिनीहरूका सबै घिनलाग्दा कामहरूका निम्ति तिनीहरू आफ्नै नजरमा घृणित हुनेछन्। 10 तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्। तिनीहरूमाथि विपत्तिहरू ल्याउँछु भनी मैले व्यर्थैमा धम्की दिएको होइनँ।
11 “ ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: इस्राएलका घरानाका सबै दुष्टता र घिनलाग्दा कामहरूको कारण आफ्ना हातहरू ठटाउँदै र खुट्टाहरू एकसाथ बजारेर भन्, “हाय!” किनकि तिनीहरू तरवार, अनिकाल र रूढीले नष्ट हुनेछन्। 12 टाढा हुनेहरू रूढीद्वारा मर्नेछन् र नजिक हुनेहरू तरवारले ढल्नेछन्; अनि बाँचेकाहरू र छोडिएकाहरूचाहिँ अनिकालले मर्नेछन्। यसरी म आफ्नो क्रोध तिनीहरूमाथि खन्याउनेछु। 13 जब तिनीहरूका वेदीहरूका चारैतिर तिनीहरूका मूर्तिहरूका बीचमा, प्रत्येक देवस्थानमा, सबै पहाडहरूमा, तिनीहरूका प्रत्येक झ्याम्म परेको फलाँटका रूखमुनि, तिनीहरूका सबै मूर्तिहरूलाई सुगन्धित धूप चढाएका ठाउँहरूमा र तिनीहरूका मारिएका मानिसहरू छरपस्ट भई छरिरहनेछन्, तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्। 14 अनि म तिनीहरूको विरुद्धमा आफ्नो हात पसार्नेछु, र मरुभूमिदेखि दिब्लासम्म—तिनीहरू जहाँ बसे तापनि देशलाई उजाड पारिदिनेछु। तब तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।’ ”
<- इजकिएल 5इजकिएल 7 ->