10 मन्दिरको बाहिरी चोकको दक्षिणपट्टिको[e] भित्ताको लम्बाइमा मन्दिरको आँगनसित गाँसिएका र बाहिरी भित्ताको विपरीत भएका कोठाहरू थिए। 11 तिनीहरूको सामु एउटा बाटो थियो। यी कोठाहरू उत्तरतिरका कोठाहरूजस्तै थिए; तिनीहरूका लम्बाइ र चौडाइ समान थिए; अनि बाहिर जाने बाटो र दक्षिणतर्फको प्रवेशद्वार पनि समान नापका थिए। उत्तरतिरका ढोकाहरूजस्तै, 12 दक्षिणका कोठाहरूका ढोकाहरू थिए। भित्र पस्ने बाटोको सुरुमै एउटा ढोका थियो, जुन पूर्वतिर जाने भित्तासित जोडिएको थियो, जसद्वारा कोठाहरूभित्र पस्न सकिन्थ्यो।
13 तब तिनले मलाई भने, “मन्दिरको आँगनतिर फर्केका उत्तर र दक्षिणका पवित्र कोठाहरू पुजारीहरूका कोठाहरू हुन्, जहाँ याहवेहको उपस्थितिमा जाने पुजारीहरूले महा-पवित्र भेटीहरू खानेछन्। त्यहाँ तिनीहरूले महा-पवित्र भेटीहरू, अन्नबलिहरू, पाप शुद्धीकरण बलिहरू र दोषबलिहरू राख्नेछन्; किनकि त्यो ठाउँ पवित्र छ। 14 जब ती पुजारीहरू एक पटक पवित्र सिमानाभित्र प्रवेश गर्छन्, तब तिनीहरूले सेवाको काम गर्दा लगाएका वस्त्रहरू त्यहाँ फुकालेर नछाडेसम्म, तिनीहरूले बाहिरी चोकमा प्रवेश गर्नुहुँदैन; किनकि ती वस्त्रहरू पवित्र हुन्। तिनीहरू अरू मानिसहरूका निम्ति राखिएका ठाउँहरूको नजिक जानुभन्दा अगि पुजारीहरूले अरू वस्त्र लगाउनुपर्छ।”
15 जब तिनले मन्दिरको इलाकाभित्र भएका कुराहरू नापिसके, तब तिनले मलाई पूर्वी मूलढोकाबाट बाहिर ल्याए; अनि चारैतिरका ठाउँहरू नापे: 16 तिनले नाप्ने टाँगोले पूर्वका भाग नापे; त्यो पाँच सय क्यूबिट[f] थियो। 17 तिनले उत्तरको भाग नापे; त्यो नाप्ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो। 18 तिनले दक्षिण भाग नापे; त्यो नाप्ने टाँगोअनुसार पाँच सय क्यूबिट थियो। 19 तब तिनी पश्चिम भागपट्टि फर्केर त्यो नापे; नाप्ने टाँगोअनुसार त्यो पनि पाँच सय क्यूबिट थियो। 20 यसरी तिनले चारैतिरका सबै इलाकाहरू नापे। मन्दिरका चारैतिर पवित्रस्थान र सामान्य स्थान छुट्टाउनका लागि पाँच सय क्यूबिट लम्बाइ र पाँच सय क्यूबिट चौडाइको पर्खाल थियो।
<- इजकिएल 41इजकिएल 43 ->