3 कुनै पनि घृणित चीज नखाओ। 4 तिमीहरूले यी पशुहरू खान सक्छौ: गोरु, भेडा, बाख्रा, 5 मृग, बराँठ, हरिण, जङ्गली बाख्रा, पहाडी बाख्रा, चित्तल र हिमाली भेडा।[a] 6 पशुहरूमध्ये दुई भागमा खुर चिरिएको र उग्राउने पशुजति खान सक्छौ। 7 तरै पनि उग्राउने पशुहरूमध्ये तिमीहरूले ऊँट, खरायो वा शापान नखानू। यद्यपि तिनीहरूले उग्राएर खाए तापनि तिनीहरूका खुर चिरिएका हुँदैनन्। तिनीहरू तिमीहरूका निम्ति विधिपूर्वक अशुद्ध हुन्। 8 सुँगुर पनि अशुद्ध हो; यद्यपि त्यसका खुर चिरिएको हुन्छ; तर त्यसले उग्राउँदैन। तिमीहरूले त्यसको मासु नखाओ, अथवा त्यसको सिनो नछोओ।
9 पानीमा भएका सबै प्राणीहरूमध्ये पखेटा र कत्ला भएकाहरू तिमीहरूले खान सक्छौ। 10 तर तिमीहरूले पखेटा र कत्ला नभएका पानीका कुनै पनि प्राणी नखानू; तिमीहरूका निम्ति यी अशुद्ध हुन्।
11 कुनै पनि शुद्ध चरा तिमीहरूले खान सक्छौ। 12 तर तिमीहरूले यी चराहरू नखानू: गरुड, गिद्ध, कालो गिद्ध, 13 रातो चील, कालो चील, सबै जातका बाज, 14 सबै किसिमका काग, 15 शुतुरमुर्ग, उल्लु र समुद्री चरो, सबै किसिमका बाज, 16 सानो उल्लु, विशाल उल्लु, सेतो उल्लु, 17 मरुभूमिको उल्लु, समुद्री बाज, माछा खाने चील, 18 सारस, सबै किसिमका बकुल्ला, फाप्रेचरो र चमेरो।
19 सबै उड्ने किराफट्याङ्ग्रा तिमीहरूका निम्ति अशुद्ध हुन्; तिनीहरूलाई नखाओ। 20 तर पखेटा भएका कुनै पनि शुद्ध प्राणी तिमीहरूले खान सक्छौ।
21 मरिसकेको कुनै पनि पशुप्राणी तिमीहरूले नखाओ। त्यो तिमीहरूले आफ्ना सहरमा बस्ने विदेशीलाई दिन सक्छौ। अनि त्यसले त्यो खान सक्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू आफ्ना याहवेह परमेश्वरका निम्ति एउटा पवित्र जाति हौ।
28 प्रत्येक तेस्रो वर्षको अन्त्यमा त्यस वर्षको उब्जनीको सबै दशांशहरू ल्याएर तिमीहरूका सहरहरूमा जम्मा गर्नू, 29 ताकि लेवीहरू, जसको आफ्नै अंश र उत्तराधिकारको भाग छैन, र तिमीहरूका सहरहरूमा बसेका विदेशीहरू, अनाथ र विधवाहरूले आएर अघाउन्जेल खाऊन्; र याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् देऊन्।
<- व्यवस्था 13व्यवस्था 15 ->- a यो अध्यायमा भएका केही चराचुरुङ्गी र जनावरहरूको स्पष्ट पहिचान निश्चित छैन।