व्यवस्थाको पुस्तक
3 चालीसौँ वर्षको एघारौँ महिनाको पहिलो दिन[c] याहवेहले इस्राएलीहरूको बारेमा मोशालाई आज्ञा दिनुभएका सबै कुरा तिनले तिनीहरूलाई घोषणा गरे। 4 योचाहिँ मोशाले हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोन र अस्तारोतमा राज्य गर्ने बाशानको राजा ओगलाई एद्रईमा जितेपछिको कुरा हो।
5 यर्दन नदीको पूर्वपट्टि मोआबको प्रान्तमा मोशाले यही व्यवस्था व्याख्या गर्दै भने:
14 तिमीहरूले मलाई जवाफ दियौ, “तपाईंले दिनुभएको प्रस्ताव असल छ।”
15 यसकारण मैले तिमीहरूका कुलहरूबाट मुख्य व्यक्ति, बुद्धिमान् र अनुभवी मानिसहरूलाई लिएर तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचासमाथि र दश-दशमाथि प्रशासकको रूपमा तिमीहरूमाथि अधिकार गर्नलाई नियुक्त गरेँ। 16 अनि त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर जिम्मा दिएको थिएँ, “तिमीहरूका मानिसहरूका बीचका झगडा सुन। चाहे त्यो मुद्दा इस्राएलीहरूका बीचमा होस् अथवा तिनीहरूमध्ये एक जना इस्राएली र अर्कोचाहिँ तिमीहरूसँग बसोबास गर्ने विदेशीको बीचमा होस्। न्याय उचित रूपले गर। 17 न्याय गर्दा पक्षपात नगर्नू। ठूला र साना दुवैका कुरा तिमीहरूले समान रूपले सुन्नू। न्याय परमेश्वरबाट भएको हुनाले कुनै मानिससँग नडराउनू। तिमीहरूका निम्ति अति कठिन भएको मुद्दा मकहाँ ल्याउनू। म त्यसको फैसला गर्नेछु।” 18 अनि मैले त्यस बेला तिमीहरूले गर्नुपर्ने हरेक कुरा तिमीहरूलाई भनेको थिएँ।
22 तब तिमीहरू सबै मकहाँ आएर भन्यौ, “हाम्रा निम्ति त्यस देशको जासुस गर्नलाई हामीले जानुपर्ने बाटो र हामी पुग्ने सहरहरूको बारेमा जानकारी ल्याउनलाई हाम्रा अगि जासुसी गर्ने मानिसहरू पठाऔँ।”
23 यो कुरो मलाई असल लाग्यो; अनि मैले हरेक कुलबाट एक-एक जना गरी बाह्र जनालाई छानेँ। 24 तिनीहरू हिँडे, र पहाडी इलाकातिर पुगे। तब तिनीहरू एश्कोलको बेँसीमा आए, र त्यस ठाउँको जासुस गरे। 25 तिनीहरूले साथमा त्यस देशका केही फलफूल हामीहरूकहाँ ल्याए, र तिनीहरूले जानकारी दिए, “याहवेह हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देश असल रहेछ।”
29 तब मैले तिमीहरूलाई भनेँ, “तिमीहरू भयभीत नहोओ; र तिनीहरूसँग नडराओ। 30 याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका अगि जानुहुनेछ। अनि तिमीहरूका पक्षमा लड्नुहुनेछ; जसरी इजिप्टमा तिमीहरूका निम्ति तिमीहरूकै आँखाको अगि उजाडस्थानमा लड्नुभएको थियो। 31 अनि तिमीहरू यस ठाउँसम्म नआइपुगुन्जेल याहवेह तिमीहरूका परमेश्वरले आफ्ना छोराछोरीलाई बुबाले बोकेझैँ उहाँले बाटोभरि उजाडस्थानमा तिमीहरूलाई कसरी बोक्नुभयो, त्यो तिमीहरूले देख्यौ।”
32 तर अझ पनि याहवेह तिमीहरूका परमेश्वरमाथि तिमीहरूले भरोसा गरेनौ। 33 उहाँ तिमीहरूले छाउनी बनाउने ठाउँहरू खोज्न र तिमीहरूले हिँड्नुपर्ने बाटो देखाउन राति आगोमा र दिउँसो बादलमा भई तिमीहरूलाई बाटो देखाउन अगि-अगि जानुभयो।
34 जब तिमीहरूको गनगन याहवेहले सुन्नुभयो, तब उहाँ रिसाउनुभयो। अनि उहाँले शपथ लिनुभयो, 35 “मैले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको असल देशलाई यस दुष्ट पुस्ताको एउटै मानिसले पनि देख्नेछैन। 36 यपून्नेको छोरा कालेबचाहिँ अपवाद हो। उसले मात्र त्यो देश देख्नेछ। अनि म त्यसलाई र त्यसका सन्तानलाई त्यसले आफ्नो पाइला टेकेको देश दिनेछु। किनकि त्यसले याहवेहलाई आफ्नो सारा हृदयले पछ्याएको छ।”
37 तिमीहरूकै कारण याहवेह मसँग पनि रिसाउनुभयो र भन्नुभयो, “तँ पनि त्यो देशमा प्रवेश गर्नेछैनस्। 38 तर तेरो सहायक नूनका छोरा यहोशूले त्यहाँ प्रवेश गर्नेछ। त्यसलाई उत्साह दे। किनकि त्यसले त्यस देशमा अधिकार गर्नलाई इस्राएलीहरूलाई डोर्याउनेछ। 39 अनि तिमीहरूका छोराछोरीहरू, जसलाई कैदमा लगिनेछ भनी तिमीहरू भन्छौ, जो असल र खराब अहिले छुट्याउन सक्दैनन्, तिनीहरू त्यस देशमा प्रवेश गर्नेछन्। म त्यो देश तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यस देशमा अधिकार गर्नेछन्। 40 तर तिमीहरूचाहिँ फर्केर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोतिर लाग।”
41 तब तिमीहरूले मलाई भन्यौ, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ। याहवेह हाम्रा परमेश्वरले आज्ञा गर्नुभएझैँ हामी अगि जानेछौँ र लडाइँ गर्नेछौँ।” यसरी तिमीहरू हरेकले त्यस पहाडी मुलुकमा उक्लेर जान सजिलो छ भनेर आफ्ना हातहतियारहरू भिर्यौ।
42 तर याहवेहले मलाई भन्नुभयो, “तिनीहरूलाई भन्, ‘तिमीहरू लडाइँ गर्न नजाओ; किनकि म तिमीहरूसँग हुनेछैन। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।’ ”
43 यसैकारण मैले तिमीहरूलाई भनेँ, तर तिमीहरूले सुनेनौ। तिमीहरूले याहवेहको आज्ञाको विरोध गर्यौ र तिमीहरूको घमण्डमा त्यस पहाडी मुलुकको टुप्पोमा युद्ध गर्न तिमीहरू मोर्चा बाँधेर उक्लियौ। 44 तब त्यस पहाडी मुलुकमा बस्ने एमोरीहरू तिमीहरूको विरुद्धमा निस्किआए। तिनीहरूले तिमीहरूलाई मौरीहरूका हूलले झैँ खेदे, र तिमीहरूलाई सेइरदेखि होर्मासम्मै खेदेर तिमीहरूलाई जिते। 45 तिमीहरू फर्केर आयौ र याहवेहको सामु रोयौ। तर उहाँले तिमीहरूको रुवाइमा ध्यानै दिनुभएन, र तिमीहरूको पुकार सुन्नुभएन। 46 यसकारण तिमीहरू कादेशमा धेरै दिन बस्यौ—वास्तवमा तिमीहरूले सबै समय त्यहाँ बितायौ।
व्यवस्था 2 ->