1 तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि तिमीहरूका निम्ति, लाउडिकियामा हुनेहरूका निम्ति र मलाई व्यक्तिगत रूपमा नचिन्नेहरू सबैको निम्ति मैले कति कठोर परिश्रम गरिरहेको छु। 2 मेरो उद्देश्य हो, कि तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक होऊन्, अर्थात् तिनीहरूसित पूर्ण समझको पूरा सम्पत्ति हुन सकोस्, ताकि परमेश्वरको रहस्य, जो ख्रीष्ट हुनुहुन्छ; उहाँलाई जान्न सकून्। 3 उहाँमा नै बुद्धि र ज्ञानको सारा धनसम्पत्ति लुकेर रहेका छन्। 4 म यो कुरा तिमीहरूलाई भन्दछु, कि कसैले तिमीहरूलाई मिठो बोलीमा झूटा सिद्धान्तका तर्कहरूले धोकामा नपारोस्। 5 किनकि म तिमीहरूका बीचमा शरीरमा अनुपस्थित छु, तापनि आत्मामा चाहिँ तिमीहरूसँगै छु; अनि तिमीहरू कति अनुशासित छौ र ख्रीष्टमा तिमीहरूको विश्वास कति दह्रिलो छ भन्ने कुरामा म रमाउँछु।
8 होसियार होओ, कि कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा[a] आधारित हुन्छन्।
9 किनकि ईश्वरत्वको सारा परिपूर्णता ख्रीष्टको शरीरमा बास गर्दछ। 10 अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्ति र अधिकारमाथि शिर हुनुहुन्छ। 11 उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्टको आत्मिकी खतनाद्वारा हटाइएको छ। 12 किनकि जब तिमीहरूको बप्तिस्मा भयो तिमीहरू ख्रीष्टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ; किनकि तिमीहरूले ख्रीष्टलाई मृत्युबाट बौरी उठाउने परमेश्वरको शक्तिशाली सामर्थ्यमा विश्वास गर्यौ।
13 जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्वरले तिमीहरूलाई[b] ख्रीष्टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो। 14 उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो। 15 यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो।
20 तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रीष्टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भएझैँ त्यसका नियमहरूको अधीनमा किन रहन्छौ? 21 “नसमात! नचाख! नछोओ!” 22 यी कुराहरू चलाएपछि नष्ट भएर जान्छन्; किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्। 23 तिनीहरू आफैँले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्टदायी व्यवहार गरेर, यी नियमहरू साँच्चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।
<- कलस्सी 1कलस्सी 3 ->