7 टायरबाट हामी निरन्तर यात्रा गर्दै टोलेमाइसमा उत्रियौँ, त्यहाँ हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्यौँ र तिनीहरूसँग एक दिन बस्यौँ। 8 अर्को दिन तिनीहरूसँग बिदा भएर हामी कैसरिया पुग्यौँ र सात जनामध्येका एक जना प्रचारक फिलिपको घरमा हामी बस्यौँ। 9 तिनका चार जना अविवाहित छोरीहरू थिए, जसले अगमवाणी बोल्थे।
10 हामी त्यहाँ बसेको केही दिनपछि यहूदियाबाट अगाबस नामका एक जना अगमवक्ता आए। 11 हामीकहाँ आएर तिनले पावलको पटुका लिए, र त्यसले आफ्ना हातखुट्टाहरू बाँधे र यसो भने, “पवित्र आत्मा भन्नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकलाई यसै गरी बाँध्नेछन् र तिनलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्।’ ”
12 जब हामीले यी कुराहरू सुन्यौँ, हामी र त्यहाँ उपस्थित अरू मानिसहरूले पावललाई यरूशलेम नजानुहोस् भनी बिन्ती गर्यौँ। 13 पावलले जवाफ दिए, “तपाईंहरू किन यसरी रुनुहुन्छ र मेरो हृदय विचलित पार्नुहुन्छ? म त बाँधिन मात्र होइन, तर प्रभु येशूको नामका निम्ति यरूशलेममा मर्न पनि तयार छु।” 14 तिनलाई कसै गरी मनाउन नसकेपछि, “प्रभुको इच्छा पूरा होस्” भनी हामीले प्रयत्न गर्न छोड्यौँ।
15 त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौँ। 16 हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए।
20 तिनीहरूले यो सुनेपछि परमेश्वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्। 21 तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू; र तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिऊनू भन्ने शिक्षा दिनुभएको छ। 22 अब हामीले के गर्ने हो? निश्चय नै तपाईं आउनुभएको छ भन्ने कुरा तिनीहरूले सुन्नेछन्, 23 यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्। 24 यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैँलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्। त्यसपछि तपाईंका बारेमा चलाइएका हल्लाहरूमा कुनै सत्यता रहनेछैन, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्। 25 जहाँसम्म गैरयहूदी विश्वासीहरूको कुरा छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।”
26 अर्को दिन ती चार जनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफूलाई पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्ने जानकारी दिन उनी मन्दिरमा गए।
30 सारा सहरभरि हल्लाखल्ला मच्चियो र चारैतिरबाट मानिसहरू दौडिँदै त्यहाँ आए। पावललाई समातेपछि उनलाई घिसार्दै तिनीहरूले मन्दिरबाहिर ल्याए र तुरुन्तै ढोकाहरू बन्द गरे। 31 जब तिनीहरूले उनलाई मार्ने प्रयत्न गरिरहेका थिए, तब सम्पूर्ण यरूशलेम सहर अशान्त छ भन्ने खबर रोमी पल्टनका सेनापतिकहाँ पुग्यो। 32 तुरुन्तै उनले आफ्ना केही अधिकृतहरू र सिपाहीहरू लिएर भीडतिर दगुरे। जब विद्रोहीहरूले सेनापति र सिपाहीहरूलाई देखे, तब तिनीहरूले पावललाई पिट्न छोडे।
33 त्यहाँ सेनापति आइपुगेपछि पावललाई पक्रे, र तिनलाई दुई वटा साङ्लाले बाँध्ने आदेश दिए। त्यसपछि यो को हो? र यसले के गरेको छ? भन्दै सोधे। 34 भीडबाट कसैले एउटा कुरा, कसैले अर्कै कुरा भनेर चिच्याउँदै थिए। यसरी खैलाबैला मच्चिएकोले गर्दा सेनापतिले साँचो कुरा के हो, सो थाहा पाउन सकेनन्, तब तिनले पावललाई ब्यारेकमा लैजान आदेश दिए। 35 जब पावल सिँढीमा पुगे, भीडको आतङ्क यति हिंसक भयो कि तिनलाई सिपाहीहरूले बोकेर लैजानुपर्यो। 36 किनकि तिनको पछि-पछि लागेको भीड “त्यसलाई सिद्ध्याइदेऊ!” भनेर चिच्याउँदै थियो!
39 पावलले जवाफ दिए, “मचाहिँ किलिकियाको एउटा सहर टार्ससको एक यहूदी हुँ, कुनै साधारण सहरको नागरिक होइन। कृपया मलाई यी मानिसहरूलाई सम्बोधन गर्न दिनुहोस्।”
40 सेनापतिको अनुमति पाएर पावल सिँढीमा उभिएर भीडलाई चुप लाग्ने इशारा गरे। जब तिनीहरू सबै चुप भए, उनले तिनीहरूलाई हिब्रू भाषामा सम्बोधन गरे:
<- प्रेरित 20प्रेरित 22 ->