11 पावलले गरेका कुराहरू जब भीडले देखे, तब तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!” 12 तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस[a] भन्न थाले; किनकि पावल नै मुख्य वक्ता थिए। 13 सहरको ठिक बाहिरपट्टि भएको जिऊस देवताको मन्दिरका पुजारीले सहरको ढोकामा फूलका मालाहरू र गोरुहरू ल्याए, किनकि तिनी र ती भीडले उनीहरूलाई बलि चढाउन चाहे।
14 तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने, 15 “मानिसहरू हो, किन तपाईंहरू यसो गर्दै हुनुहुन्छ? हामीहरू पनि तपाईंहरूजस्तै मानिस हौँ। हामी त तपाईंकहाँ सुसमाचार लिएर आएका छौँ। यी तुच्छ कुराहरूबाट आफूलाई हटाएर स्वर्ग, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुराको सृष्टि गर्नुहुने परमेश्वरकहाँ फर्कनुहोस् भन्न हामी तपाईंहरूसमक्ष आएका हौँ। 16 बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो। 17 तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।” 18 यस्ता वचनहरू बोलेर सम्झाउँदा पनि त्यो भीडलाई बलि चढाउनबाट रोक्न तिनीहरूलाई निकै कठिन परिरहेको थियो।
19 त्यसै बेला एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू त्यहाँ आइपुगे, र त्यस भीडलाई उक्साए। त्यस भीडले पावलमाथि ढुङ्गा बर्सायो। अनि तिनी मरेको ठानी तिनलाई घिसार्दै सहरबाहिर लगे। 20 तर चेलाहरू तिनका वरिपरि भेला भए, तब तिनी उठे, र सहरमा फेरि फर्किए। अनि त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए।
26 अटालियाबाट तिनीहरू जहाज चढेर एन्टिओखिया गए, जहाँ तिनीहरूले अहिलेसम्म पूरा गरेका कामका निम्ति परमेश्वरको अनुग्रहमा आफूलाई अर्पण गरेका थिए। 27 त्यहाँ पुगेपछि तिनीहरूले मण्डलीलाई भेला गराएर परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरू र कसरी उहाँले गैरयहूदीहरूका निम्ति पनि विश्वासको ढोका खोलिदिनुभएको थियो, त्यो कुराको वर्णन गरे। 28 त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे।
<- प्रेरितहरू 13प्रेरितहरू 15 ->
Languages