4 जब तकोबाट गएकी स्त्री राजाको सामु हाजिर भई, र भुइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “हे महाराजा, मलाई सहायता गर्नुहोस्!”
5 राजाले उनलाई सोधे, “तिमीलाई के दुःख पर्यो?”
8 तब राजाले त्यस स्त्रीलाई भने, “घर जाऊ, म तिम्रो पक्षमा हुकुम जारी गर्नेछु।”
9 तर तकोबाट आएकी त्यस स्त्रीले तिनलाई भनिन्, “मेरा मालिक महाराजा, यो दोष म र मेरो परिवारमाथि परोस्; तर राजा र राजाको सिंहासन दोषरहित रहून्!”
10 राजाले जवाफ दिए, “यदि कसैले तिमीसँग केही कुरा गर्छ भने त्यसलाई मकहाँ ल्याऊ, र त्यसले तिमीलाई फेरि दुःख दिनेछैन।”
11 तिनले भनिन्, “त्यसो भए विरोधीहरूले अरू खराबी नगरून् भनेर राजाले जीवित याहवेह, उहाँको परमेश्वरलाई साक्षी राखेर भनिदेऊन्, र मेरो छोरा नष्ट हुनेछैन।”
12 तब त्यस स्त्रीले भनी, “हजुरकी सेविकालाई मेरा मालिक महाराजासित अझै एउटा कुरा भन्न दिनुहोस्।”
13 त्यस स्त्रीले भनी, “त्यसो भए हजुरले किन परमेश्वरका मानिसहरूको विरुद्धमा यस्तो युक्ति रच्नुभयो? राजाले यसरी भन्नुहुँदा, के उहाँले आफैँलाई दोषी ठहराउनुभएन र? किनकि राजाले आफ्नो निर्वासित छोरालाई फर्काएर ल्याउनुभएकै छैन। 14 भुइँमा पोखिएको पानी फेरि जम्मा गर्न नसकिएझैँ, हामी पनि मर्नैपर्छ। तर परमेश्वरले प्राण लिनुहुन्न; त्यसको सट्टामा उहाँले त निर्वासित व्यक्तिलाई उहाँदेखि अलग भएर नबसोस् भनेर उपाय पो निकाल्नुहुन्छ।
15 “म मेरा मालिक महाराजालाई यो कुरा भन्न आएकी हुँ, किनकि मानिसहरूले मलाई डर देखाएका छन्। हजुरकी सेविकाले विचार गरी, ‘म राजासित कुरा गर्नेछु; सायद उहाँले आफ्नी सेविकाको अनुरोध सुन्नुहुन्छ होला। 16 सायद राजाले आफ्नी सेविकालाई त्यो मानिसको हातबाट छुटाउनुहुनेछ, जो म र मेरो छोरालाई परमेश्वरले दिनुभएको उत्तराधिकारबाट वञ्चित गराउन तल्लिन छ।’
17 “अहिले हजुरकी सेविका भन्छे, ‘मेरा मालिक महाराजाको आदेशले मेरो उत्तराधिकार बचाऊन्; किनकि मेरो मालिक महाराजा असल र खराब छुट्याउन परमेश्वरका दूतझैँ हुनुहुन्छ। याहवेह हजुरका परमेश्वर हजुरसँग रहून्!’ ”
18 तब राजाले त्यस स्त्रीलाई भने, “मैले तिमीलाई जे सोध्न लागेको छु, त्यसको जवाफ मबाट नलुकाई भन।”
19 राजाले सोधे, “के यी सबै कुराहरूमा योआबको सहभागिता छ?”
21 तब राजाले योआबलाई भने, “ठिक छ, म यो गर्नेछु। जाऊ, र त्यस जवान मानिस अब्शालोमलाई लिएर आऊ।”
22 योआबले दावीदको सामु सम्मान स्वरूप भुइँमा घोप्टो परेर दण्डवत् गरे, र राजालाई परमेश्वरले आशिष् देऊन् भनेर प्रार्थना गरे। योआबले भने, “आज तपाईंको सेवकले तपाईंको दृष्टिमा निगाह पाएको थाहा पाएको छ; किनकि हे मेरा मालिक महाराजा, राजाले आफ्नो सेवकको बिन्ती मन्जुर गर्नुभएको छ।”
23 त्यसपछि योआब गेशूरमा गए, र अब्शालोमलाई यरूशलेममा लिएर आए। 24 तर राजाले भने, “त्यो आफ्नै घरमा गएर बसोस्; त्यो मेरो उपस्थितिमा नआओस्।” यसकारण अब्शालोम आफ्नै घरमा गए, र तिनले राजाको अनुहार देखेनन्।
25 सारा इस्राएलभरि आफ्नो रूपको सुन्दरताको निम्ति अति प्रशंसा पाउने अब्शालोमजस्ता अरू मानिस कोही पनि थिएनन्। तिनको शिरदेखि पैतालासम्म कुनै खोट थिएन। 26 जब तिनले आफ्नो शिरको केश काट्थे (तिनलाई केश अति गह्रौँ हुँदा वर्षमा एक पटक तिनले केश काट्ने गर्थे।) तब तिनले केश जोख्ने गर्थे। राजकीय तौलअनुसार केशको तौल दुई सय शेकेल[a] हुन्थ्यो।
27 अब्शालोमका तीन जना छोरा र एउटी छोरी जन्मिए; जसको नाम तामार थियो। अनि तिनी एउटी सुन्दरी स्त्री बनिन्।
28 अब्शालोम यरूशलेममा राजाको अनुहार नहेरी दुई वर्षसम्म बसे। 29 त्यसपछि अब्शालोमले राजाकहाँ खबर पठाउन भनी योआबलाई बोलाइपठाए। तर योआबले तिनीकहाँ आउन इन्कार गरे। यसकारण तिनले दोस्रो पटक पनि बोलाइपठाए। तर तिनले फेरि पनि आउन इन्कार गरे। 30 त्यसपछि तिनले आफ्ना नोकरहरूलाई भने, “हेर, योआबको खेत मेरै खेतको नजिक छ; त्यहाँ तिनको जौ छ। जाओ, र त्यसमा आगो लगाइदेओ।” यसकारण अब्शालोमका नोकरहरूले योआबको त्यस खेतमा आगो लगाइदिए।
31 तब योआब अब्शालोमको घरमा गए, र तिनलाई भने, “तपाईंका नोकरहरूले मेरो खेतमा किन आगो लगाइदिए?”
32 अब्शालोमले योआबलाई भने, “मैले तिमीलाई राजाकहाँ यस्तो खबर दिनको निम्ति बोलाइपठाएँ, म किन गेशूरबाट आएँ त? म त्यहीँ रहनु असल हुनेथियो। त्यसैले अब म राजाको अनुहार हेर्न चाहन्छु। यदि म कुनै कुराको अपराधी छु भने उहाँले मलाई मारून्!”
33 यसकारण योआब राजाकहाँ गए, र यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। अनि तिनी राजाको सामु आए, र घोप्टो परेर दण्डवत् गरे। राजाले खुशी भएर अब्शालोमलाई म्वाइँ खाए।
<- 2 शमूएल 132 शमूएल 15 ->- a लगभग 2.3 किलो