4 यसकारण ती जवान अगमवक्ता रामोत-गिलादमा गए। 5 त्यहाँ आइपुग्दा तिनले फौजका अधिकारीहरूलाई एकसाथ बसिरहेका भेटे। तिनले भने, “हे सेनापति, मसित तपाईंको निम्ति एउटा खबर छ।”
6 येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले येहूको शिरमा तेल खन्याएर घोषणा गरे, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म तँलाई याहवेहको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु। 7 तैँले आफ्नो मालिक आहाबको घरानालाई नष्ट गर्नुपर्छ; र म ईजेबेलसँग त्यसले मेरा सेवक अगमवक्ताहरूका र याहवेहका सबै सेवकहरूका रगत बगाएको बदला लिनेछु। 8 आहाबको सम्पूर्ण परिवार नष्ट हुनेछ। इस्राएलमा रहेका आहाबका प्रत्येक अन्तिम पुरुष, चाहे त्यो कमारा होस् वा फुक्का, म नाश गर्नेछु। 9 म आहाबको घरानालाई नबातको छोरा यारोबामको घरानाझैँ र अहीयाहको छोरा बाशाको घरानाझैँ बनाउनेछु। 10 ईजेबेलको विषयमा चाहिँ यिजरेलको जमिनमा त्यसलाई कुकुरहरूले खानेछन्, र कसैले पनि त्यसलाई गाड्नेछैन।’ ” त्यसपछि ढोका खोलेर तिनी भागे।
11 जब येहू आफ्ना सङ्गी-अधिकारीहरूकहाँ बाहिर निस्के, तब तीमध्ये एक जनाले सोधे, “के सबै ठिक छ? ती बौलाहा मानिस तिमीकहाँ किन आएका थिए?”
12 तिनीहरूले भने, “त्यो होइन! हामीलाई साँचो-साँचो भन।”
13 तिनीहरूले तुरुन्तै आफ्ना खास्टोहरू खोलेर सिँढीमा ओछ्याए। अनि तिनीहरूले तुरही फुकेर “येहू राजा हुनुहुन्छ!” भनी कराए।
17 जब यिजरेलको धरहराबाट हेरिरहेका पहरेदारले येहूका दलहरू नजिक आउँदैगरेका देखे, “म केही दलहरू आइरहेको देखिरहेछु” भनेर तिनी कराए।
18 त्यो घोडचढी येहूलाई भेट्न गयो, र भन्यो, “तपाईं शान्तिको लागि आउनुभएको हो?”
19 यसकारण राजाले दोस्रो घोडचढीलाई पठाए। तिनी उनीहरूकहाँ पुगेपछि तिनले भने, “तपाईं शान्तिको लागि आउनुभएको हो?”
20 पहरेदारले खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर त्यो पनि फर्केको छैन। रथको हँकाइ त निम्शीका छोरा येहूको जस्तो छ; तिनी बौलाहा मानिसझैँ हाँक्छन्।”
21 योरामले हुकुम दिए, “मेरो रथ तयार गर।” अनि त्यो तयार पारिएपछि इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह येहूलाई भेट्न आ-आफ्नै रथहरूमा सवार भए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमा भेटे। 22 येहूलाई देखेपछि योरामले सोधे, “येहू, तिमी शान्तिपूर्वक आएका हौ?”
23 योराम फनक्क फर्केर भागे, र अहज्याहलाई कराएर भने, “अहज्याह, धोका भयो!”
24 तब येहूले आफ्नो धनु निकाले र योरामलाई तिनका कुमको बीचमा हाने। काँडले तिनको मुटु नै छेडिदियो, र तिनी आफ्नो रथैमा ढले। 25 येहूले आफ्ना रथका सेनापति बिदकारलाई भने, “योरामलाई उठाएर यिजरेली नाबोतको खेतमा फ्याँकिदेऊ। तिमी र म तिनका पिता आहाबको पछि-पछि रथमा चढेर जाँदै गर्दा, याहवेहले यिनको विषयमा यो अगमवाणी गर्नुभएको कुरा सम्झ: 26 ‘याहवेह घोषणा गर्नुहुन्छ, हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र म निश्चय त्यस जमिनको टुक्रामा तँलाई तिर्न लगाउनेछु।’ त्यसकारण अब तिनलाई उठाऊ र याहवेहको वचनअनुसार तिनलाई त्यही जमिनमा फ्याँकिदेऊ।”
27 यहूदाका राजा अहज्याहले त्यो घटना देखेपछि तिनी बेथ-हागान जाने बाटोसम्म भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मारिदेओ!” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो चढ्दा तिनका रथमा घाइते पारे। तर तिनी भागेर मगिद्दोमा गए र त्यहीँ नै तिनको मृत्यु भयो। 28 तिनका नोकरहरूले तिनलाई रथमा राखेर यरूशलेममा लगे, र दावीदको सहरको छेउमा आफ्ना पुर्खाहरूसित तिनकै चिहानमा गाडे। 29 (आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याह यहूदाका राजा भएका थिए।)
32 तिनले झ्यालतिर माथि हेरे अनि, “मेरो पक्षमा को छ? को?” भनेर कराए। दुई-तीन जना नपुंसकहरूले तिनीतिर तल हेरे। 33 येहूले भने, “त्यसलाई तल खसालिदेओ!” यसकारण तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए। अनि तिनको केही रगतका छिटाहरू भित्तामा र तिनलाई कुल्चीमिल्ची गर्ने घोडाहरूलाई पनि लाग्यो।
34 येहू भित्र गएर खानपिन गरे। तिनले भने, “त्यस श्रापित स्त्रीलाई गाड्नू; किनकि त्यो त राजाकी छोरी थिई।” 35 तर तिनीहरूले उनको लास उठाउन जाँदा तिनका खप्पर, पाउहरू र हातहरूबाहेक केही पाएनन्। 36 तिनीहरूले फर्केर गई येहूलाई भने, र तिनले सम्झना गराए, “यो त याहवेहले आफ्ना सेवक तिश्बी एलियाद्वारा यिजरेलको जमिनको टुक्रामा कुकुरहरूले ईजेबेलको मासु खानेछन्; 37 ईजेबेलको शरीर यिजरेलको जमिनको टुक्रामा मलझैँ हुनेछ, र कसैले पनि ‘यो ईजेबेल हो’ भन्न सक्नेछैन।” भनेर भन्नुभएको उहाँको वचन पूरा भएको हो।
<- 2 राजाहरू 82 राजाहरू 10 ->