5 हिजकियाले याहवेह इस्राएलका परमेश्वरमाथि भरोसा राखे। यहूदाका राजाहरूमा तिनका अगि अथवा पछि तिनीजस्ता अरू कोही थिएनन्। 6 तिनी याहवेहसँग उपवास बस्थे, र उहाँलाई पछ्याउन छाडेनन्। तिनले याहवेहले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे। 7 याहवेह तिनीसित हुनुभयो। तिनले लिएका जुनसुकै काममा पनि तिनी सफल भए। तिनले अश्शूरको राजाको विरुद्ध विद्रोह गरे, र तिनको सेवा गरेनन्। 8 तिनले पहरेदार बस्ने धरहरादेखि सुरक्षित सहरसम्म पर्खालले घेरे। तिनले पलिश्तीहरूलाई गाजा र त्यसका प्रान्तसम्मै परास्त गरे।
9 राजा हिजकियाको चौथो वर्षमा, अर्थात् एलाहका छोरा इस्राएलका राजा होशियाको सातौँ वर्षमा अश्शूरका राजा शलमनेशेरले सामरियाको विरुद्ध आक्रमण गरे, र त्यसलाई घेरे। 10 तीन वर्षको अन्तमा अश्शूरहरूले त्यसलाई लिए। यसरी सामरिया हिजकियाहको छैटौँ वर्षमा अर्थात् इस्राएलका होशिया राजाको नवौँ वर्षमा कब्जा गरियो। 11 अश्शूरका राजाले इस्राएलीहरूलाई कैद गरेर अश्शूरमा लगे। अनि तिनीहरूलाई हाबोर नदीको छेउमा गोजानको हलह र मादीहरूका सहरहरूमा बसोबास गराए। 12 तिनीहरूले याहवेह आफ्ना परमेश्वरको आज्ञा मानेनन्। तर उहाँको करार अर्थात् याहवेहको सेवक मोशाले दिएका सबै आज्ञाहरू भङ्ग गरेकाले, यो हुन आएको थियो। तिनीहरूले न त आज्ञाहरूमा ध्यान दिए, न त ती पालन नै गरे।
13 राजा हिजकियाको शासनको चौधौँ वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका सबै सुरक्षित सहरहरूमाथि आक्रमण गरेर ती कब्जा गरे। 14 यसकारण यहूदाका राजा हिजकियाहले अश्शूरका राजालाई लाकीशमा यस्तो खबर पठाए: “मैले भूल गरेँ। आफ्नो सेना हटाउनुहोस्। तपाईंले जे माग्नुहुन्छ, त्यो म तपाईंलाई तिर्नेछु।” अश्शूरका राजाले यहूदाका राजा हिजकियालाई तीन सय टालेन्ट[a] चाँदी र तीस टालेन्ट[b] सुन दण्ड तोकिदिए। 15 यसकारण हिजकियाले तिनलाई याहवेहको मन्दिर र राजमहलका भण्डारहरूमा भएका सबै चाँदी दिए।
16 त्यस बेला यहूदाका राजा हिजकियाले याहवेहको मन्दिरका ढोकाहरू र ढोकाका खाँबाहरूमा आफूले मोहोरेका सुनहरू निकाले। अनि ती अश्शूरका राजालाई दिए।
19 मैदानका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन्नू:
26 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले मैदानका सेनापतिलाई भने, “कृपा गरी आफ्ना सेवकहरूसित अरामी भाषामा कुरा गर्नुहोस्। किनकि हामी यो भाषा बुझ्दछौँ। पर्खालमाथि भएका मानिसहरूले सुन्ने गरी हिब्रू भाषामा नबोलिदिनुहोस्।”
27 तर सेनापतिले जवाफ दिए, “के मेरा मालिकले यी कुराहरू तिमीहरूका मालिक र तिमीहरूलाई मात्र भन्नु भनेर पठाउनुभएको हो, र पर्खालमाथि बस्ने मानिसहरूलाई होइन—जसले तिमीहरूले झैँ आफ्नै दिसा खानुपर्नेछ र पिसाब पिउनुपर्नेछ?”
28 तब ती सेनापतिले उठेर कराएर हिब्रूमा भने, “महान् राजा, अश्शूरका राजाका कुरा सुन! 29 राजा यसो भन्नुहुन्छ, हिजकियाले तिमीहरूलाई छल्न नदेऊ। तिनले तिमीहरूलाई मेरा हातबाट छुटाउन सक्नेछैनन्। 30 हिजकियाले तिमीहरूलाई याहवेहमाथि भरोसा गर्नलाई यसो भन्दै धोका दिन नपाऊन्, ‘याहवेहले निश्चय हामीलाई छुटाउनुहुनेछ। यो सहर अश्शूरका राजाका हातमा दिइनेछैन।’
31 “हिजकियाको कुरा नसुन्नू। अश्शूरका राजा भन्नुहुन्छ: मसित मिलाप गरेर बाहिर मकहाँ आओ। तब तिमीहरू प्रत्येकले आफ्नै दाख र नेभाराको फलबाट खानेछौ, र आफ्नै इनारबाट पिउनेछौ। 32 जबसम्म तिमीहरूलाई अनाज र नयाँ दाखमद्य, अन्न र दाखबारी, जैतुनका रूखहरू र मह भएको देश, तिमीहरूको आफ्नै देशजस्तो देशमा म आएर लानेछैनँ, तबसम्म मृत्युको सट्टा जीवन चून!
36 तर मानिसहरू चुप रहे, र जवाफमा केही भनेनन्; किनकि राजाले तिनीहरूलाई, “त्यसलाई कुनै जवाफ नदिनु” भनेर आज्ञा दिएका थिए।
37 तब हिल्कियाहका छोरा एल्याकीम, जो महलका प्रशासक थिए, सचिव शेब्ना र आसापका छोरा, लेखापाल योआ, आफ्ना लुगा च्यातेर हिजकियाहकहाँ गए। अनि तिनलाई मैदानका सेनापतिले भनेका कुरा सुनाइदिए।
<- 2 राजाहरू 172 राजाहरू 19 ->