4 तब यहोआहाजले याहवेहको निगाह खोजे। अनि उहाँले तिनको बिन्ती सुन्नुभयो; किनकि याहवेहले अरामका राजाले इस्राएललाई कति साह्रो सताइरहेका थिए, त्यो देख्नुभयो। 5 याहवेहले इस्राएलको निम्ति एक जना छुटकारा दिने व्यक्तिको प्रबन्ध गरिदिनुभयो, र तिनीहरू अरामको शक्तिबाट उम्के। यसकारण इस्राएलीहरू पहिलेझैँ आफ्नै घरहरूमा बस्न थाले। 6 तर तिनीहरू यारोबामका घरानाका पापहरूबाट फर्केनन्, जुन पापहरू तिनले इस्राएललाई गर्न लगाएका थिए। तिनीहरू त्यसैमा लागिरहे। सामरियामा अशेरा देवीको खाँबो[a] पनि खडा नै भइरह्यो।
7 यहोआहाजको फौजमा पचास घोडचढी, दश वटा रथ र दश हजार पैदल सेनाबाहेक केही पनि छोडिएन। किनकि बाँकीलाई अरामका राजाले नाश गरिदिएका थिए र तिनीहरूलाई दाइँ गर्ने समयमा उठेको धुलोझैँ बनाइदिएका थिए।
8 यहोआहाजका शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 9 यहोआहाज आफ्ना पुर्खाहरूसित विश्राममा सुते, र सामरियामा गाडिए। तिनीपछि तिनका छोरा येहोआश[b] राजा भए।
12 योआशको शासनका अरू घटनाहरू, तिनले गरेका सबै कामहरू र यहूदाका राजा अमस्याहको विरुद्धमा तिनले गरेका युद्धहरू, साथै तिनका उपलब्धीहरू, के ती इस्राएलका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? 13 योआश आफ्ना पुर्खाहरूसित विश्राममा सुते; र तिनीपछि तिनका छोरा यारोबाम सिंहासनमा बसे। योआश सामरियामा इस्राएलका राजाहरूसित गाडिए।
14 अब एलीशा एक रोगद्वारा पीडित थिए, जसको कारण तिनी पछि मरे। इस्राएलका राजा योआश तिनलाई हेर्न तल गए, र तिनको विषयमा विलाप गरे। “मेरा पिता! मेरा पिता! इस्राएलका रथहरू र घोडचढीहरू!” भन्दै तिनी कराए।
15 एलीशाले भने, “एउटा धनु र केही काँडहरू लिनुहोस्,” र तिनले त्यसै गरे। 16 तिनले इस्राएलका राजालाई भने, “आफ्ना हातमा धनु लिनुहोस्।” तिनले त्यो लिएपछि एलीशाले आफ्ना हात राजाका हातमा राखे।
17 तिनले भने, “पूर्वको झ्याल खोल्नुहोस्,” तिनले त्यो खोले। एलीशाले भने, “हान्नुहोस्,” तिनले हाने। एलीशाले घोषणा गरे, “याहवेहको विजयको काँड, अराममाथि विजयको काँड! तपाईंले अरामीहरूलाई अपेकमा सम्पूर्ण रूपले नाश पार्नुहुनेछ।”
18 तब तिनले भने, “काँडहरू लिनुहोस्,” र राजाले ती लिए। एलीशाले तिनलाई भने, “भुइँमा हान्नुहोस्।” तिनले त्यसलाई तीनपल्ट हानेर रोकिए। 19 परमेश्वरका जन तिनीसित रिसाएर भने, “तपाईंले भुइँलाई पाँच-छ पटक हान्नुपर्नेथियो, तब पो तपाईंले अरामलाई परास्त गरेर त्यसलाई सम्पूर्ण रूपले नाश गर्नुहुनेथियो। तर अब तपाईंले त्यसलाई तीनपल्ट मात्र परास्त गर्नुहुनेछ।”
20 त्यसपछि एलीशा मरे, र गाडिए।
22 यहोआहाजको शासनकालभरि नै अरामका राजा हजाएलले इस्राएललाई सताए। 23 तर अब्राहाम, इसहाक र याकोबसित भएको याहवेहको करारको कारण उहाँ तिनीहरूप्रति अनुग्रही हुनुभयो। अनि उहाँको दया रह्यो र उहाँले तिनीहरूप्रति वास्ता देखाउनुभयो। आजको दिनसम्मै उहाँले तिनीहरूलाई नाश गर्न र आफ्नो उपस्थितिबाट निकाल्न इच्छा गर्नुभएको छैन।
24 अरामका राजा हजाएल मरे। तिनीपछि तिनका छोरा बेन-हदद राजा भए। 25 तब यहोआहाजका छोरा योआशले हजाएलका छोरा बेन-हददबाट आफ्ना पिता यहोआहाजबाट तिनले लगेका सहरहरू फेरि आफ्नो अधीनमा ल्याए। येहोआशले तीनपल्ट तिनलाई जिते। यसरी तिनले इस्राएलका सहरहरू फेरि प्राप्त गरे।
<- 2 राजाहरू 122 राजाहरू 14 ->
Languages