1 प्रभुका जनहरूका लागि भेटी सङ्कलनको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ। 2 किनकि मदत गर्न तिमीहरूको उत्सुकता म जान्दछु। एक वर्ष अगिदेखि अखैयाको मण्डली दिनलाई तयार छ, र तिमीहरूको उत्साहले गर्दा तिनीहरूमध्ये धेरै जना जोशिला भएका छन् भनी मैले म्यासिडोनियाका मानिसहरूसित यसबारे गर्व गर्दैआएको छु। 3 तर यस विषयमा तिमीहरूमाथि हामीले गरेको गर्व खोक्रो नहोस्, तर तिमीहरू मैले भनेझैँ तयार रहो भनी यी भाइहरूलाई पठाइरहेको छु। 4 किनकि यदि म्यासिडोनियाका मानिसहरू मसित आउँदा मदत गर्न तिमीहरू तयार भएको भेटेनन् भने तिमीहरू मात्र होइन, तर तिमीहरूमाथि यति धेरै भरोसा राखेकोमा हामी पनि शर्ममा पर्नेछौँ। 5 यसकारण यी भाइहरूलाई अगिबाट नै तिमीहरूकहाँ जान प्रोत्साहन दिन र तिमीहरूले उदारसाथ दिन्छु भनी प्रतिज्ञा गरेको दानको प्रबन्ध गर भन्न मलाई आवश्यक लाग्यो, ताकि त्योचाहिँ चित्त दुःखाउँदै नहोस्, तर उदारपूर्ण रूपमा दिएको दान होस्।
12 तिमीहरूले गरेको यो सेवा प्रभुका जनहरूको खाँचो टार्ने मात्र होइन, तर परमेश्वरलाई धन्यवादका प्रशस्त अभिव्यक्ति चढाउने कुरा हुन्छ। 13 तिमीहरूले आफ्ना सेवाद्वारा आफूलाई प्रमाणित गरेको कारण मानिसहरूले परमेश्वरको प्रशंसा गर्नेछन्; किनभने तिमीहरू ख्रीष्टको सुसमाचारप्रति आज्ञाकारी भयौ; अनि तिमीहरूले तिनीहरू र सबैप्रति आफ्नो उदारता देखायौ। 14 परमेश्वरले तिमीहरूलाई दिनुभएको असीम अनुग्रहको कारण तिनीहरूले गहिरो स्नेहसाथ तिमीहरूका लागि प्रार्थना गर्नेछन्। 15 उहाँको वर्णन गर्न नसकिने वरदानका निम्ति परमेश्वरलाई धन्यवाद होस्!
<- 2 कोरिन्थी 82 कोरिन्थी 10 ->- a भजन 112:9