कोरिन्थका मण्डलीलाई पावलको दोस्रो पत्र
8 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले एशियाको[a] प्रान्तमा भोगेका कष्टहरूबारे तिमीहरू अनजान रहो भनी हामी चाहन्नौँ। हामीले सहन नसक्ने किसिमको कष्टको भार हामीमाथि परेको थियो, जसले गर्दा हामी बाँच्छौँ कि बाँच्दैनौँ भनी निश्चित थिएनौँ। 9 निश्चय नै हामीले मृत्युदण्डको अनुभव गरिरहेका थियौँ। तर यस्तो हुनुको कारणचाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्वरमाथि भरोसा राखौँ भनेर नै हो। 10 उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनुभयो, कि उहाँले हामीलाई फेरि छुटाउनुहुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ। 11 तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर। तब धेरैका प्रार्थनाको उत्तरस्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्वरलाई धन्यवाद दिनेछन्।
15 मलाई यस विषयमा निश्चय भएकोले तिमीहरूलाई दोहोरो फाइदा होस् भनेर पहिला तिमीहरूकहाँ आउने योजना मैले बनाएँ। 16 म्यासिडोनिया जाँदा तिमीहरूकहाँ आएर भेट्न र फेरि म्यासिडोनियाबाट तिमीहरूकहाँ आउने र त्यहाँबाट यहूदियामा तिमीहरूद्वारा पठाइने योजना मैले बनाएको थिएँ। 17 के मेरो यो योजनामा अस्थिर मानसिकता देखिन्छ र? अथवा के म आफ्नो योजना मानवीय ढङ्गको जस्तो एउटै मुखले “हो, हो” वा “होइन, होइन” भन्दै बनाउने हुँ र?
18 तर निश्चय नै परमेश्वर विश्वासयोग्य हुनुहुन्छ; यसकारण एकै समयमा तिमीहरूका लागि हाम्रो सन्देशचाहिँ “हो” र “होइन” किसिमको भएको छैन। 19 म, सिलास र तिमोथीद्वारा तिमीहरूका बीचमा प्रचार गरिएका परमेश्वरको पुत्र येशू ख्रीष्ट “हो” र “होइन” हुनुहुन्नथ्यो। तर उहाँमा सदा “हो” नै छ। 20 किनकि परमेश्वरले जति प्रतिज्ञाहरू दिनुभएको छ, ती सबै ख्रीष्टमा “पूरा” भएका छन्। अनि यसैकारण परमेश्वरको महिमाका निम्ति उहाँद्वारा नै हामीबाट “आमेन” भनिएको छ। 21 अब परमेश्वरले नै हामी र तिमीहरूलाई ख्रीष्टमा दृढतासाथ खडा राख्नुहुन्छ। उहाँले हामीलाई अभिषेक गर्नुभएको छ। 22 उहाँले हामीलाई आफ्नो स्वामित्वको छाप लगाउनुभएको छ। अब के हुन आउनेछ भन्ने पक्का गरेर हाम्रा हृदयमा बैना स्वरूप उहाँको पवित्र आत्मा दिनुभएको छ।
23 तिमीहरूलाई दुःख नहोस् भनी म कोरिन्थमा आइनँ, र जसको लागि म परमेश्वरलाई मेरो साक्षीको रूपमा पुकार्छु। 24 हामी तिमीहरूको विश्वासमाथि अधिकार जमाउँदैनौँ, तर हामी तिमीहरूसँग तिमीहरूको आनन्दको निम्ति काम गर्छौँ; किनभने विश्वासद्वारा नै तिमीहरू दृढतापूर्वक खडा हुन्छौ।
2 कोरिन्थी 2 ->