6 राजाको हुकुमअनुसार राजा र तिनका अधिकृतहरूबाट पत्रहरू लिएर सन्देश वाहकहरू इस्राएल र यहूदाभरि पठाइए। ती पत्रहरूमा यस्तो लेखिएको थियो:
10 ती सन्देश वाहकहरू एफ्राइम र मनश्शेमा जबूलूनसम्मै एक सहरदेखि अर्को सहरमा गए; तर मानिसहरूले तिनीहरूको अनादर गरे र ठट्टा गरे। 11 तरै पनि आशेर, मनश्शे र जबूलूनका कतिपय मानिसहरूले आफूलाई विनम्र तुल्याए, र यरूशलेममा गए। 12 यहूदामा पनि याहवेहको वचनअनुसार राजा र तिनका अधिकृतहरूले दिएका हुकुम पालन गर्नलाई एकै मनका हुनको निम्ति परमेश्वरका हात मानिसहरूमाथि थियो।
13 दोस्रो महिनामा अखमिरी रोटीको चाड मनाउनलाई मानिसहरूको एउटा ठूलो भीड यरूशलेममा भेला भयो। 14 तिनीहरूले यरूशलेममा भएका वेदीहरू हटाइदिए र धूप-वेदीहरू निकालिदिए; र किद्रोनको खोल्सामा फ्याँकिदिए।
15 तिनीहरूले दोस्रो महिनाको चौथो दिन निस्तारको थुमा मारे। पुजारीहरू र लेवीहरू लज्जित भए; अनि तिनीहरूले आफूलाई पवित्र बनाएर याहवेहको मन्दिरमा होमबलि ल्याए। 16 तब तिनीहरूले परमेश्वरका जन मोशाको व्यवस्थामा तोकिएअनुसार आफ्ना नियमित स्थान लिए। अनि लेवीहरूले तिनीहरूलाई सुम्पेको रगत पुजारीहरूले वेदीमा छर्के। 17 त्यस भीडमा भएका धेरैले आफूलाई शुद्ध नतुल्याएका कारण, लेवीहरूले विधिअनुसार शुद्ध नभएका र आफ्ना थुमाहरूलाई याहवेहकहाँ अर्पण गर्न नसकेकाहरूका निम्ति निस्तारका थुमाहरू मार्नुपर्यो। 18 एफ्राइम, मनश्शे, इस्साखार र जबूलूनबाट आएका धेरैजसो मानिसहरूले आफूलाई शुद्ध नतुल्याएका भए तापनि तिनीहरूले लेखिएका कुराको विपरीत निस्तारको भोजन खाए। तर हिजकियाले तिनीहरूका निम्ति यसो भनेर प्रार्थना गरे, “असल याहवेहले ती हरेकलाई क्षमा गरून्, 19 जो पवित्रस्थानका नियमहरूअनुसार शुद्ध नभए तापनि तिनीहरूले याहवेह, तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्नमा आफ्ना हृदय लगाउँछन्।” 20 याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो।
21 यरूशलेममा उपस्थित रहेका इस्राएलीहरूले ठूलो रमाहटसित सात दिनसम्म अखमिरी रोटीको चाड मनाए। लेवीहरू र पुजारीहरूले प्रत्येक दिन याहवेहको प्रशंसाका बाजाहरूसित याहवेहको निम्ति गाए।
22 हिजकियाले याहवेहको सेवाको असल समझशक्ति देखाउने लेवीहरूसित उत्साहपूर्वक कुराकानी गरे। सात दिनसम्म तिनीहरूले आफ्ना छुट्याइएका भोज खाइरहे। याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ मेलबलि चढाए, र उहाँको प्रशंसा गरे।
23 त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए। 24 यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए। 25 पुजारीहरू, लेवीहरू र इस्राएलबाट भेला भएका सबैसित यहूदाको सारा समुदायले आनन्द मनाए। त्यसमा इस्राएलबाट आएका र यहूदामा बस्ने परदेशीहरू पनि सामेल थिए। 26 इस्राएलका राजा दावीदका छोरा सोलोमनको समयपछि यो बेलासम्म यरूशलेममा यस्तो उत्सव नभएको कारण यरूशलेममा ठूलो रमाहट भयो। 27 पुजारीहरू र लेवीहरू मानिसहरूलाई आशीर्वाद दिनलाई खडा भए, र परमेश्वरले तिनीहरूको कुरा सुन्नुभयो; किनकि प्रार्थना उहाँको पवित्र वासस्थान स्वर्गसम्म पुग्यो।
<- 2 इतिहास 292 इतिहास 31 ->