3 सोलोमनले परमेश्वरको मन्दिर निर्माणका निम्ति हालेको जग (पुरानो नापअनुसार) साठी क्यूबिट[a] लामो र बीस क्यूबिट[b] चौडा थियो। 4 मन्दिरको अगाडिको दलान मन्दिरको चौडाइपट्टि बीस क्यूबिट लामो र बीस क्यूबिट अग्लो थियो।
8 तिनले मन्दिरको चौडाइअनुसार बीस क्यूबिट लामो र बीस क्यूबिट चौडाइको महा-पवित्रस्थान निर्माण गरे। तिनले त्यसको भित्री भागलाई छ सय टालेन्ट[c] निखुर सुनले मोहोरे। 9 सुनका किलाहरू पचास शेकेल[d] तौलका थिए। तिनले माथिल्ला भागहरूलाई पनि सुनले मोहोरे।
10 तिनले महा-पवित्रस्थानमा एक जोर करूबका आकृति बनाए, र ती सुनले मोहोरे। 11 करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। पहिलो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो। त्यसले मन्दिरको भित्तालाई छोएको थियो; अनि यसको पाँचै क्यूबिट[e] लामो अर्को पखेटाले अर्को करूबको पखेटा छोएको थियो। 12 त्यसै गरी दोस्रो करूबको एउटा पखेटा पाँच क्यूबिट लामो थियो, र त्यसले मन्दिरको अर्को भित्तालाई, अर्को पखेटाले पहिलो करूबको पखेटा छोएको थियो। 13 यी करूबहरूका पखेटाहरू बीस क्यूबिट फैलिएका थिए। तिनीहरू मुख्य सभा-कक्षतिर फर्केर आफ्ना खुट्टामा उभिएका थिए।
14 तिनले निलो, बैजनी, रातो धागो र मसिनो सुती कपडाको पर्दा बनाएर त्यसमा बुट्टेदार करूबहरू बनाए।
15 मन्दिरको अगाडि तिनले दुई वटा स्तम्भहरू बनाए, जुन एकसाथ मिलाएर पैँतीस क्यूबिट[f] लामो थियो। जसको टुप्पामा पाँच क्यूबिटको एउटा स्तम्भ-शिर थियो। 16 तिनले जालीदार साङ्लाहरू बनाए, र तिनीहरूलाई ती स्तम्भहरूका टुप्पामा राखिदिए। तिनले एक सय वटा दारिमहरू पनि बनाए; अनि ती सिक्रीहरूसित जोडिदिए। 17 तिनले मन्दिरको सामु एउटा दक्षिणतिर र एउटा उत्तरतिर स्तम्भहरू खडा गरे। अनि तिनले दक्षिणतिरको नाम याकीन[g] र उत्तरतिरको नाम बोअज[h] राखे।
<- 2 इतिहास 22 इतिहास 4 ->