Link to home pageLanguagesLink to all Bible versions on this site
27
यहूदाका राजा योताम
1 योताम राजा हुँदा पच्‍चीस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनकी आमाको नाम यरूशा थियो, जो सादोककी छोरी थिइन्। 2 तिनले आफ्ना पिता उज्जियाहले गरेझैँ याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे; तर तिनी याहवेहको भवनभित्र पसेनन्। तरै पनि मानिसहरू आफ्ना दुष्‍ट चालमा लागिरहे। 3 योतामले याहवेहको भवनको माथिल्‍लो मूलढोका मर्मत गरे, र ओपेलको डाँडामा भएको पर्खालमा धेरै कामहरू गरे। 4 तिनले यहूदाका डाँडाहरूमा सहरहरू र जङ्गलहरू भएका ठाउँहरूमा किल्‍लाहरू र धरहराहरू बनाए।

5 योतामले अम्मोनीहरूका राजासित युद्ध गरे र तिनलाई जिते। त्यस वर्ष अम्मोनीहरूले एक सय टालेन्ट[a] चाँदी, दश हजार कोर[b] गहुँ र दश हजार कोर[c] जौ तिरे। अम्मोनीहरूले तिनीकहाँ दोस्रो र तेस्रो वर्षमा पनि त्यही मात्रामा ल्याए।

6 याहवेह आफ्ना परमेश्‍वरको सामु अटल भई हिँडेको हुनाले योताम सामर्थी भए।

7 योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। 8 राजा हुँदा तिनी पच्‍चीस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। 9 योताम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आहाज राजा भए।

<- 2 इतिहास 262 इतिहास 28 ->