3 याहवेह यहोशापातसित हुनुहुन्थ्यो; किनभने आफ्ना सुरुका वर्षहरूमा तिनी आफ्ना पुर्खा दावीद हिँडेका चालहरूमा चले। तिनले बालका आकृतिहरूलाई पूजा गरेनन्। 4 तर आफ्ना पिताका परमेश्वरलाई खोजी गरे, र इस्राएलका रीतिहरूभन्दा उहाँकै आज्ञापालन गरे। 5 याहवेहले तिनको अधीनमा राज्य स्थापित गर्नुभयो; र सारा यहूदाले यहोशापातकहाँ उपहारहरू ल्याए। यसकारण तिनको धेरै सम्पत्ति र सम्मान भयो। 6 तिनको हृदय याहवेहका मार्गहरूमा लागेको थियो। यसबाहेक तिनले यहूदाबाट अग्ला देवस्थानहरू र अशेरा देवीका खम्बाहरू हटाइदिए।
7 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना अधिकृतहरू बेन-हेल, ओबदिया, जकरिया, नथनिएल र मीकायालाई यहूदाका सहरहरूमा सिकाउन भनी पठाए। 8 तिनीहरूसित लेवी शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह, तोब-अदोनियाह, पुजारी एलीशामा र यहोराम थिए। 9 तिनीहरूले याहवेहको व्यवस्थाको पुस्तक आफूसित लगेर यहूदाभरि सिकाए। तिनीहरू यहूदाका सबै सहरहरूतिर गए, र मानिसहरूलाई सिकाए।
10 यहूदाका चारैतिरका सबै राज्यहरूमा याहवेहको डर छायो। यसकारण तिनीहरूले यहोशापातसित युद्ध गरेनन्। 11 केही पलिश्तीहरूले यहोशापातलाई उपहारहरू र चाँदीहरूद्वारा सलामी तिरे। अनि अरबीहरूले तिनीकहाँ सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरूका बथान ल्याए।
12 यहोशापात अझ शक्तिशाली हुँदैगए। तिनले यहूदामा किल्लाहरू र भण्डार गर्ने सहरहरू बनाए 13 यहूदाका सहरहरूमा धेरै खाद्यान्न राखे। तिनले यरूशलेममा अनुभवी लडाकु मानिसहरू पनि राखे। 14 परिवारअनुसार तिनीहरूका तालिका यस्तो थियो: