1 अबीयाह आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे; र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा आसा राजा भए। तिनको समयमा दश वर्षसम्म देश शान्त रह्यो।
7 तिनले यहूदाका मानिसहरूलाई भने, “हामी यी सहरहरू निर्माण गरौँ। साथै यिनको चारैतिर पर्खालहरू लगाएर यिनमा धरहराहरू, मूलढोकाहरू र बारहरू बनाऔँ। यो देश अझ हाम्रै हो; किनकि हामीले याहवेह हाम्रा परमेश्वरलाई खोजेका छौँ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिर विश्राम दिनुभएको छ।” यसकारण तिनीहरूले निर्माण गरे, र सफलता प्राप्त गरे।
8 आसासित ठूला-ठूला ढालहरू र भालाहरूले सुसज्जित भएका यहूदाबाट तीन लाख मानिसहरू थिए। साना ढालहरू र धनुले सुसज्जित भएका बेन्यामीनबाट दुई लाख असी हजार मानिसहरू थिए। यी सबै साहसी लडाकु मानिसहरू थिए।
9 कूशी जेरह तिनीहरूको विरुद्धमा एउटा विशाल फौज र तीन सय रथहरू लिएर निस्के, र मारेशासम्म आइपुगे। 10 आसा तिनलाई भेट्न निस्के; अनि तिनीहरूले मारेशाको छेउमा सपताको बेँसीमा युद्धको मोर्चा बाँधे।
11 तब आसाले याहवेह तिनका परमेश्वरलाई पुकारेर भने, “शक्तिशालीको विरुद्धमा दुर्बललाई सहायता दिनुहुने हे याहवेह, तपाईंझैँ अरू कोही छैन। हे याहवेह, हाम्रा परमेश्वर, हामीलाई सहायता गर्नुहोस्; किनकि हामी तपाईंमाथि नै भरोसा गर्छौँ। तपाईंकै नाममा हामी यस विशाल फौजको विरुद्धमा आएका छौँ। हे याहवेह, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ; मानिसहरूलाई तपाईंमाथि प्रबल हुन नदिनुहोस्।”
12 याहवेहले कूशीहरूलाई आसा र यहूदाका सामु प्रहार गर्नुभयो र कूशीहरू भागे। 13 आसा र तिनको फौजले तिनीहरूलाई गरारसम्म खेदे। कूशीहरू यति धेरै मारिए, कि युद्धको निम्ति तिनीहरू एउटै पनि जीवित रहेनन्। याहवेह र तिनका फौजहरूको सामु तिनीहरू चकनाचुर भए। यहूदाका मानिसहरूले ठूलो मात्रामा लुटका मालहरू लिएर गए। 14 तिनीहरूले गरारका चारैतिरका सहरहरूलाई नाश गरे; किनकि याहवेहको आतङ्क तिनीहरूमाथि छाएको थियो। त्यहाँ धेरै मालसामानहरू भएकाले तिनीहरूले ती सबै गाउँहरू लुटे। 15 तिनीहरूले गोठालाहरूमाथि पनि आक्रमण गरे; अनि भेडाहरू, बाख्राहरू र ऊँटहरूका बथानहरू लिएर गए। तब तिनीहरू यरूशलेममा फर्के।
<- 2 इतिहास 132 इतिहास 15 ->- a अर्थात्, काठमा बनाइएका अशेरा देवीका आकृतिहरू।