1 जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।
2 तर परमेश्वरका जन शमायाहकहाँ याहवेहको यो वचन आयो: 3 “सोलोमनको छोरा, यहूदाको राजा रहबाम अनि यहूदा र बेन्यामीनमा भएका सबै इस्राएलीहरूलाई यसो भन्, 4 ‘याहवेह यसो भन्नुहुन्छ: आफ्ना दाजुभाइहरूसित लडाइँ गर्न नजाओ। तिमीहरू हरेक आफ्ना घरमा जाओ; किनकि यो कामचाहिँ मबाट भएको हो।’ ” यसकारण तिनीहरूले याहवेहका कुरा सुनेर यारोबामको विरुद्धमा अगि बढ्नबाट पछि फर्के।
13 तब सारा इस्राएलभरिका पुजारीहरू र लेवीहरू आ-आफ्ना जिल्लाहरूबाट तिनीकहाँ हाजिर भए। 14 लेवीहरूले आफ्ना खर्कहरू र सम्पत्तिहरूसमेत त्यागेर यहूदा र यरूशलेममा आएका थिए; किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई याहवेहका पुजारीहरूको रूपमा इन्कार गरेका थिए। 15 तिनले अग्ला देवस्थानहरूका निम्ति र तिनले बनाएका बाख्रा र बाछाहरूका मूर्तिहरूका निम्ति आफ्नै पुजारीहरू नियुक्त गरेका थिए। 16 आफ्ना हृदय याहवेह इस्राएलका परमेश्वरको खोजीमा लगाउनेहरू, इस्राएलका प्रत्येक कुलबाट याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्वरकहाँ बलिदान चढाउन भनी लेवीहरूका पछि-पछि यरूशलेमतिर लागे। 17 तिनीहरूले यहूदाको राज्यलाई सुदृढ पारे; अनि त्यस समयमा दावीद र सोलोमनका मार्गहरूमा चलेर सोलोमनका छोरा रहबामलाई तीन वर्षसम्म समर्थन दिए।
22 रहबामले माकाका छोरा अबीयाहलाई राजा तुल्याउनका निम्ति तिनका दाजुभाइहरूमध्ये अधिराजकुमार नियुक्त गरे। 23 तिनले आफ्ना केही छोराहरूलाई यहूदा र बेन्यामीनभरिका जिल्लाहरूमा र सबै सुरक्षित सहरहरूमा यताउता पठाइदिएर बुद्धिमानी काम गरे। तिनले तिनीहरूका निम्ति प्रशस्त कुराहरू प्रबन्ध गरिदिए; अनि तिनीहरूका निम्ति धेरै पत्नीहरू पनि ल्याइदिए।
<- 2 इतिहास 102 इतिहास 12 ->