1 अनि शमूएलको वचन इस्राएलभरि नै आयो।
4 यसकारण तिनीहरूले शीलोमा मानिसहरू पठाए, र तिनीहरूले करूबहरूका बीच विराजमान हुनुहुने सेनाहरूका याहवेहको करारको सन्दुक फर्काएर ल्याए। अनि एलीका दुई छोराहरू होप्नी र पीनहास परमेश्वरको करारको सन्दुकसँग त्यहाँ थिए।
5 जब याहवेहको करारको सन्दुक छाउनीमा आयो, तब सारा इस्राएलीहरू जमिन नै हल्लिने गरी ठूलो सोरले चिच्याए। 6 त्यो सोर सुनेर पलिश्तीहरूले सोधे, “हिब्रूहरूको छाउनीमा भएको यो चर्को सोर के हो?”
10 यसकारण पलिश्तीहरूले युद्ध गरे, र इस्राएलीहरू पराजित भएर हरेक मानिस आ-आफ्ना छाउनीतिर भागे। अनि त्यहाँ भयङ्ककर काटमार भयो; इस्राएलीहरूले तीस हजार सेनाहरूलाई गुमाए। 11 परमेश्वरको सन्दुक खोसियो, र एलीका दुई छोराहरू होप्नी र पीनहास पनि मरे।
14 “यो केको खैलाबैला भइरहेको छ?” भनेर जब एलीले त्यो बिलौना सुनेर सोधे, तब त्यो मानिस एलीकहाँ हतारिँदै गयो।
15 एलीचाहिँ अन्ठानब्बे वर्ष पुगेका वृद्ध र आँखा पनि देख्न नसक्ने भएका थिए। 16 अनि त्यस मानिसले एलीलाई भन्यो, “म लडाइँको मैदानबाट भर्खरै आएको हुँ; म त्यहाँबाट आज नै भागेर आएको हुँ।”
17 त्यो समाचार ल्याउने मानिसले भन्यो, “इस्राएलीहरूले पलिश्तीहरूदेखि भाग्नुपर्यो, र त्यहाँ ठूलो संख्यामा सेनाहरू मारिए। अनि हजुरका दुवै छोरा होप्नी र पीनहास पनि मरे। अनि परमेश्वरको करारको सन्दुक पनि खोसियो।”
18 जब त्यो मानिसले परमेश्वरको करारको सन्दुकको बारेमा बतायो, तब एली ढोकाको छेउमा आफ्नो कुर्सीबाट पछिल्तिर लडे, र तिनको घिच्रो भाँचियो र तिनी मरे। किनकि तिनी वृद्ध र ठूलो शरीर भएका मानिस थिए। तिनी चालीस वर्षसम्म इस्राएलका अगुवा[a] भएका थिए।
19 तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिईन्, र उनको सुत्केरी हुने समय नजिकै थियो। जब तिनले परमेश्वरको करारको सन्दुक खोसिएको अनि आफ्ना ससुरा र पतिको मृत्यु भएको खबर सुनिन्; तब तिनलाई बेथा लाग्यो, र तिनले बालक जन्माइन्। तर तिनलाई बेथाले साह्रै पार्यो। 20 जब तिनी मर्नै लागेकी थिईन्, तब तिनलाई सुँडेनीहरूले भने, “हताश नहोऊ; तिमीले एउटा छोरा जन्माएकी छौ।” तर तिनले न जवाफ दिइन्, न त त्यस कुरामा ध्यान नै दिइन्।
21 तिनले यसो भनेर बालकको नाम इकाबोद[b] राखिन्, “इस्राएलबाट महिमा हट्यो,” यो परमेश्वरको सन्दुक खोसिएको अनि तिनका ससुरा र पतिको मृत्यु भएको कारणले थियो। 22 तिनले भनिन्, “इस्राएलबाट महिमा हट्यो; किनकि परमेश्वरको सन्दुक खोसिएको छ।”
<- 1 शमूएल 31 शमूएल 5 ->