3 तर दावीदका मानिसहरूले तिनलाई भने, “हामी यहाँ यहूदामा डराएर बसेका छौँ भने; अनि यदि हामी पलिश्ती फौजको विरुद्धमा कीलाहमा गयौँ भने झन् कति धेरै डराऔँला!”
4 दावीदले एक पटक फेरि याहवेहसँग सल्लाह लिए। अनि याहवेहले तिनलाई जवाफ दिनुभयो, “कीलाहमा जा। किनकि मैले पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिँदैछु।” 5 यसकारण दावीद र तिनका मानिसहरू कीलाहमा गए। अनि पलिश्तीहरूसँग युद्ध गरे, र तिनीहरूका गाईबस्तु लिएर गए। तिनले पलिश्तीहरूलाई ठूलो नोक्सान पुर्याए। यसरी दावीदले कीलाहका मानिसहरूलाई बचाए। 6 (अनि अहीमेलेकको छोरा अबीयाथारले चाहिँ भागेर दावीदकहाँ कीलाहमा आउँदा आफूसँग एपोद लिएर आएका थिए।)
9 जब दावीदले आफ्नो विरुद्धमा शाऊलले षड्यन्त्र गरेको कुरा थाहा पाए, तब तिनले पुजारी अबीयाथारलाई भने, “एपोद ल्याऊ।” 10 दावीदले भने, “याहवेह इस्राएलका परमेश्वर, शाऊलले मेरो कारणले कीलाहमा आएर यस सहरलाई नष्ट पार्ने योजना गरेको कुरा तपाईंको सेवकले सुनेको छ। 11 के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्पिदिनेछन्? के तपाईंको सेवकले सुनेझैँ शाऊल यहाँ आउनेछन्? हे याहवेह, इस्राएलका परमेश्वर, तपाईंको सेवकलाई बताइदिनुहोस्।”
12 फेरि दावीदले सोधे, “के कीलाहका प्रधानहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलका हातमा सुम्पिदिनेछन्?”
13 यसकारण दावीद र तिनका छ सय जति मानिसहरूले कीलाह छोडेर एक ठाउँदेखि अर्को ठाउँ हुँदै हिँड्न थाले। जब शाऊललाई दावीद कीलाहबाट भागेको कुरा भनियो, तब शाऊल त्यहाँ गएनन्।
14 दावीद उजाडस्थानका किल्लाहरूमा र जीपको उजाडस्थानका डाँडाहरूमा बसे। शाऊलले दिनदिनै तिनको खोजी गरे; तर परमेश्वरले दावीदलाई तिनको हातमा सुम्पिदिनुभएन।
15 जब दावीद जीपको उजाडस्थानमा भएको होरेशमा थिए, तब शाऊल तिनको प्राण लिन निस्केका छन् भनी थाहा पाए। 16 तब शाऊलका छोरा जोनाथन होरेशमा दावीदकहाँ गए; अनि तिनले दावीदलाई परमेश्वरमा सामर्थ्य पाउन उत्साह दिए। 17 जोनाथनले भने, “तपाईं नडराउनुहोस्, मेरा पिता शाऊलले तपाईंमाथि हात लगाउनुहुनेछैन। तपाईं इस्राएलमाथि राजा हुनुहुनेछ; अनि मचाहिँ तपाईं मुनि दोस्रो स्थानमा हुनेछु। यो कुरा मेरा पिता शाऊललाई पनि थाहा छ।” 18 दावीद र जोनाथनले मिलेर याहवेहको सामु करार बाँधे। त्यसपछि जोनाथन घर गए, तर दावीदचाहिँ होरेशमै बसे।
19 जीपीहरू गेबामा शाऊलकहाँ गएर भने, “के दावीद यशीमोनको दक्षिणतिरको हकीलाह पर्वतमा होरेशको किल्लामा हाम्रै बीचमा लुकिरहेका छैनन् र? 20 अब, हे राजा, तपाईंलाई जहिले इच्छा लाग्छ तल आउनुहोस्; अनि दावीदलाई राजाको हातमा सुम्पने जिम्मा हामी लिनेछौँ।”
21 शाऊलले जवाफ दिए, “मलाई देखाउनुभएको तपाईंहरूको वास्ताका निम्ति याहवेहले तपाईंहरूलाई आशिष् देऊन्। 22 जानुहोस्, र अझ धेरै जानकारी लिनुहोस्। दावीद प्रायजसो कता आउजाउ गर्छ, र त्यसलाई त्यहाँ कसले देखेको हो, सो कुरा पत्ता लगाउनुहोस्। त्यो अति धूर्त छ भन्ने कुरा मैले सुनेको छु। 23 त्यो लुक्ने सबै ठाउँहरू पत्ता लगाउनुहोस्, र मकहाँ पक्का खबर लिएर आउनुहोस्। तब म तपाईंहरूसँग जानेछु; यदि त्यो त्यस इलाकामा छ भने म त्यसलाई यहूदाका सबै वंशहरूको बीचबाट खोजेर निकाल्नेछु।”
24 यसकारण तिनीहरू शाऊलको अगि जीपको सहरतिर लागे। त्यस बेला दावीद र तिनका मानिसहरू यशीमोनको दक्षिणमा भएको अराबामा माओनको उजाडस्थानमा थिए। 25 शाऊल र तिनका मानिसहरूले दावीदलाई खोज्न थाले। अनि जब यो कुरा तिनलाई भनियो, तब तिनी तल चट्टानको पहरामा गएर माओनको उजाडस्थानमा बसे। जब शाऊलले यो कुरा सुने, तब तिनी दावीदलाई खोज्दै माओनको उजाडस्थानमा गए।
26 शाऊल पर्वतको एकातिर गइरहेका थिए। अनि दावीद र तिनका मानिसहरूचाहिँ शाऊलदेखि उम्कनलाई पर्वतको एकापट्टि छिटो-छिटो भाग्दैथिए। जब शाऊल र तिनका सेनाहरू दावीद र तिनका मानिसहरूलाई पक्रन भनी तिनीहरूको नजिक आइपुगे, 27 तब शाऊलकहाँ एक जना सन्देशवाहक आएर भन्यो, “चाँडो आउनुहोस्! पलिश्तीहरूले देशमा आक्रमण गरिरहेका छन्।” 28 तब शाऊलले दावीदलाई खेद्न छोडेर पलिश्तीहरूसँग लडाइँ गर्न गए। यसैकारण तिनीहरूले त्यस ठाउँलाई सेला हम्मालेकोत[a] भने। 29 दावीद त्यहाँबाट माथितिर गए, अनि एन-गदीका इलाकाहरूमा लुकेर बसे।
<- 1 शमूएल 221 शमूएल 24 ->- a हम्मालेकोत अथवा विभाजनको चट्टान