11 त्यसपछि एल्काना आफ्नो घर रामामा गए, तर बालक शमूएलचाहिँ एली पुजारीको अधीनमा याहवेहको सामु सेवा गर्दैरहे।
16 यदि त्यस मानिसले सेवकलाई यसरी भन्यो भने, “पहिले बोसो जलिसकोस्, र तिमीले चाहेको जति लैजाऊ,” तब त्यस सेवकले जवाफ दिन्थ्यो, “होइन, अहिले नै देऊ। यदि तिमीले दिएनौ भने म जबरजस्ती खोसेर लैजानेछु।”
17 ती जवान मानिसहरूको पाप याहवेहको दृष्टिमा अत्यन्त ठूलो थियो; किनकि तिनीहरूले याहवेहको बलिलाई अपमान गरेका थिए।
18 तर शमूएलचाहिँ सुती कपडाको एपोद लगाएर याहवेहको सामु सेवा गर्थे। 19 प्रत्येक वर्ष तिनकी आमाले तिनका निम्ति एउटा सानो लबेदा बनाउँथिन्, र उनी आफ्नो पतिसित वार्षिक बलिदान चढाउन शिलोमा जाँदा त्यो तिनलाई लगिदिन्थिन्। 20 पुजारी एलीले एल्काना र तिनकी पत्नीलाई यसरी आशीर्वाद दिन्थे, “यी स्त्रीले याहवेहसँग छोराका निम्ति प्रार्थना गरेर त्यसलाई याहवेहकहाँ अर्पण गरेको सट्टामा याहवेहले यस स्त्रीद्वारा तिमीलाई अरू सन्तानहरू देऊन्।” त्यसपछि तिनीहरू घर फर्कन्थे। 21 अनि याहवेहले हन्नामाथि निगाह गर्नुभयो; उनी गर्भवती भएर तीन छोरा र दुई छोरीहरू जन्माइन्। अनि बालक शमूएल याहवेहको उपस्थितिमा बढ्दै गए।
22 अब एली अति नै वृद्ध भइसकेका थिए। एलीले आफ्ना छोराहरूले सारा इस्राएलसँग के कस्तो व्यवहार गर्दैछन् र भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसँग कसरी सहबास गर्दैछन् भन्ने कुरा सुने। 23 यसकारण एलीले उनीहरूलाई भने, “तिमीहरू किन यस्ता कामहरू गर्छौ? म सबै मानिसहरूबाट तिमीहरूका यस्ता दुष्ट कामहरूको बारेमा सुन्दैछु। 24 हे मेरा छोराहरू हो, यस्तो हुनुहुँदैन! याहवेहका मानिसहरूको बीचमा फैलिरहेको यस्ता कुराहरू असल होइन। 25 यदि कुनै मानिसले अर्को मानिसको विरुद्धमा पाप गर्यो भने परमेश्वरले त्यसका निम्ति मध्यस्थता गर्न सक्नुहुन्छ। तर यदि कुनै मानिसले याहवेहको विरुद्धमा पाप गर्यो भने त्यसको पक्षमा कसले अन्तर्बिन्ती गरिदिने?” तरै पनि तिनका छोराहरूले आफ्नो बुबाको हप्काइलाई सुनेनन्। किनकि याहवेहले तिनीहरूलाई मार्ने निर्णय गरिसक्नुभएको थियो।
26 अनि बालक शमूएलचाहिँ शारीरिक रूपमा याहवेह र मानिसहरूको निगाहमा बढ्दै गए।
30 यसकारण याहवेह इस्राएलका परमेश्वर घोषणा गर्नुहुन्छ: तेरो घराना र तेरा पितापुर्खाका घरानाले सधैँभरि मेरो सेवा गर्नेछौ भनी मैले प्रतिज्ञा गरेको थिएँ। तर अब याहवेह घोषणा गर्नुहुन्छ, “मबाट अब यस्तो हुनेछैन! मलाई आदर गर्नेहरूलाई म आदर गर्नेछु, तर मेरो अपमान गर्नेहरू अपमानित हुनेछन्।” 31 हेर्, समय आउँदैछ, म तेरो शक्ति र तेरा पुजारी घरानाको शक्ति घटाइदिनेछु; ताकि तेरा परिवारमा कोही पनि वृद्ध अवस्थामा पुग्नेछैन। 32 अनि तैँले मेरो बासस्थानमा पीडा देख्नेछस्। यद्यपि इस्राएलको भलाइ गरिए तापनि तेरो वंशको परिवारमा चाहिँ कहिल्यै कुनै पनि मानिस वृद्ध अवस्थामा पुग्नेछैन। 33 तेरो घरानाको प्रत्येक, जसलाई मैले मेरो वेदीमा सेवा गर्नबाट रोक्नेछैनँ; म त्यसलाई तेरो दृष्टि नष्ट गर्न र हृदय दुःखित पार्नलाई मात्र छोडिदिनेछु। अनि तेरा सबै सन्तानहरू जवानी अवस्थामा नै मर्नेछन्।
34 “ ‘अनि तेरा दुई छोराहरू होप्नी र पीनहासमाथि जे हुनेछ, त्यो तेरा निम्ति एउटा चिन्ह हुनेछ—तिनीहरू दुवै एकै दिनमा मर्नेछन्। 35 म आफ्ना निम्ति एक जना विश्वासयोग्य पुजारी खडा गर्नेछु, जसले मेरो हृदय र मनले चाहेअनुसार गर्नेछ, म त्यसको पुजारी घरानालाई स्थिर गर्नेछु; अनि त्यसले मेरो अभिषिक्त जनहरूको सामु सदासर्वदा सेवा गर्नेछ। 36 अनि तेरा बाँकी रहेका घरानाका हरेकले एक टुक्रा चाँदी र एक टुक्रा रोटीको निम्ति त्यसको सामु आएर बिन्ती गर्दै माग्ने छन्, “मलाई कुनै पुजारी काम दिनुहोस्, ताकि मेरो निम्ति खानलाई रोटी पाउन सकूँ।” ’ ”
<- 1 शमूएल 11 शमूएल 3 ->- a सिङ यसले शक्ति भन्ने जनाउँछ। 10पदमा पनि