2 शाऊलले इस्राएलबाट तीन हजार मानिसहरूलाई चुने; जसमा दुई हजार शाऊलसँग मिकमाशमा र बेथेलको पहाडी मुलुकमा थिए। अनि एक हजारचाहिँ बेन्यामीनको गेबामा जोनाथनसँग थिए। बाँकी मानिसहरूलाई चाहिँ शाऊलले आ-आफ्ना घरमा पठाइदिए।
3 जोनाथनले गेबामा भएका पलिश्तीहरूको चौकीमाथि आक्रमण गरे। जब पलिश्तीहरूले यसको बारेमा सुने, तब “हिब्रूहरूले सुनून्!” भनेर शाऊलले देशभरि तुरही फुक्न लगाए। 4 यसकारण सबै इस्राएलले यस्तो खबर सुने; “शाऊलले पलिश्तीहरूका चौकीमाथि आक्रमण गरेका छन्, र घृणित शत्रु भएका छन्।” तब मानिसहरूलाई शाऊलको सामु गिलगालमा भेला हुन बोलाइयो।
5 पलिश्तीहरू इस्राएलीहरूसँग लडाइँ गर्न तीन हजार[c] रथहरू, छ हजार घोडसवारहरू र समुद्रका किनारका बालुवासरी योद्वाहरू लिएर भेला भए। तिनीहरू माथि गएर बेथ-आवेनको पूर्वपट्टि मिकमाशमा छाउनी हाले। 6 जब इस्राएलका मानिसहरूले आफ्नो अवस्था सङ्कष्टपूर्ण भएको, र तिनीहरूका सेनाहरू दबाबमा परेको देखे, तब तिनीहरू गुफा र पोथ्राहरूमा, चट्टानहरूमा, खाडल अनि इनारहरूमा लुके। 7 कति हिब्रूहरू यर्दन नदी तरेर गाद र गिलादका इलाकाहरूतिर पनि गए।
11 तर शमूएलले सोधे, “तिमीले के गरेको?”
13 शमूएलले शाऊललाई भने, “तिमीले मूर्ख काम गर्यौ। तिमीले याहवेह तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको आज्ञापालन गरेनौ। यदि तिमीले उहाँको आज्ञापालन गरेको भए उहाँले इस्राएलमाथि तिम्रो राज्य सधैँको निम्ति स्थापित गर्नुहुनेथियो।” 14 तर अब तिम्रो राज्य टिक्नेछैन। याहवेहले आफ्नो हृदयअनुसारको मानिस खोज्नुभएको छ। अनि तिनलाई उहाँका मानिसहरूको अगुवा नियुक्त गर्नुभएको छ; किनकि तिमीले याहवेहको आज्ञापालन गरेनौँ।
15 तब शमूएल गिलगालबाट बेन्यामीनको गेबामा गए। अनि शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।
19 सम्पूर्ण इस्राएल राष्ट्रमा एक जना पनि लोहार पाइँदैनथ्यो। किनकि पलिश्तीहरूले भनेका थिए, “हिब्रूहरूले तरवार र भालाहरू बनाउन नपाऊन्!” 20 यसकारण सारा इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू उध्याउन पलिश्तीहरूकहाँ नै जानुपर्थ्यो। 21 फाली र कोदालो धारिलो बनाउन दुई तिहाइ शेकेल[d] तिर्नुपर्थ्यो। अनि अङ्कुसे र बन्चरो उध्याउन एक तिहाइ शेकेल[e] तिर्नुपर्थ्यो।
22 यसकारण लडाइँको दिनमा शाऊल र जोनाथनसँग भएका कुनै पनि योद्धाको हातमा तरवार र भाला थिएन। तर शाऊल र तिनका छोरा जोनाथनसँग मात्र हतियार थियो।