6 तिनले पचास क्यूबिट लामो र तीस क्यूबिट चौडा भएको खम्बाहरूको एउटा दलान बनाए। त्यसको अगिल्तिर एउटा दलान थियो। त्यसको अर्कोतर्फ खम्बाहरू र तिनीहरूलाई ढाक्ने एउटा छाना थियो।
7 त्यसपछि तिनले सिंहासनका निम्ति एउटा ठूलो कोठा, अर्थात् न्याय गर्ने कोठा बनाए; जहाँ तिनले न्याय गर्थे। तिनले त्यसलाई भुइँदेखि छानासम्म देवदारुका फल्याकहरूले छोपिदिए। 8 अनि त्यस भवनको पछिल्तिर तिनले आफू बस्नको लागि महल बनाए, जुन राजमहल त्यही ढाँचाको थियो। सोलोमनले आफूले विवाह गरेकी फारोकी छोरीका निम्ति पनि त्यस्तै ठूलो राजमहल बनाइदिए।
9 बाहिरदेखि ठूलो चोकसम्म र जगदेखि छतसम्म यी सबै बनोटहरू भित्र र बाहिरपट्टि आराले काटिएका, ठिक नापमा काटिएका बहुमूल्य पत्थरले बनिएका थिए। 10 ती भवनका जगहरू कुनै दश क्यूबिट[c] अनि कुनै आठ क्यूबिट[d] नापका ठूला र उच्च गुणस्तरका ढुङ्गाहरूद्वारा बनाइएका थिए। 11 त्यसमाथि ठिक नापमा काटिएका उच्च स्तरका ढुङ्गाहरू र देवदारुका दलिनहरू थिए। 12 ठूलो चोकलाई काटिएका तीन लहर ढुङ्गाहरू र एक लहर देवदारुका खम्बाका पर्खालले घेरिएको थियो। याहवेहको भवनको भित्री चोक र त्यसको दलान पनि त्यस्तै थिए।
15 तिनले अठार क्यूबिट[f] अग्ला र बाह्र क्यूबिट[g] गोलाइ भएका दुई वटा काँसका खम्बाहरू बनाए। 16 तिनले ती खम्बाहरूका टुप्पामा राख्न काँसोले ढालेका दुई वटा स्तम्भ-शिरहरू बनाए। प्रत्येक स्तम्भ-शिर पाँच क्यूबिट[h] अग्लो थियो। 17 प्रत्येक स्तम्भ-शिरमा सात वटा र खम्बाहरूका टुप्पामा सात वटा साङ्लाका जाली सजाइएको थियो। 18 तिनले खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरूलाई सजाउने प्रत्येक जालीको चारैपट्टि दुई लहरमा दारिमहरू बनाए। 19 दलानभित्र खम्बाहरूका टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलका आकारमा थिए, जसको उचाइ चार क्यूबिट[i] थियो। 20 जालीको छेउको कचौरा आकारको भागको मास्तिर भएका दुवै खम्बाहरूका शिरमा चारैपट्टिका लहरमा दुई सय दारिमहरू थिए। 21 तिनले यी खम्बाहरू मन्दिरको दलानको अगाडि खडा गरे। दक्षिणपट्टिका खम्बाहरूलाई तिनले याकीन[j] भनी नाम राखे; अनि उत्तरपट्टिकालाई बोअज[k] नाम राखे। 22 टुप्पामा भएका स्तम्भ-शिरहरू लिली फूलको आकारका थिए। यसरी खम्बाहरूको काम सिद्धाइयो।
23 तिनले ढालेको धातुको एउटा गोलाकार खड्कुँलो एक छेउदेखि अर्को छेउ दश क्यूबिट र पाँच क्यूबिट[l] अग्लो बनाए। त्यसको चारैतिरको नाप तीस क्यूबिट[m] थियो। 24 किनारको मुन्तिर प्रत्येक क्यूबिटमा दश वटा गरी लौका आकारहरूका घेरा थिए। ती आकारहरू खड्कुँलोसितै जोडिएर दुई लहरमा बनिएका थिए।
25 त्यो खड्कुँलो तीन वटा उत्तरतिर, तीन वटा पश्चिमतिर, तीन वटा दक्षिणतिर अनि तीन वटा पूर्वपट्टि फर्किएका बाह्र वटा साँढेहरूमाथि अड्याइएको थियो। खड्कुँलोचाहिँ तिनीहरूको टुप्पामाथि अडिएको थियो। तिनीहरूको पछिल्लो भागचाहिँ भित्रपट्टि फर्किएको थियो। 26 त्यसको मोटाइ एक बित्ता[n] थियो, र त्यसको किनार लिली फूलको बिटजस्तै र कचौराको किनारजस्तो थियो। त्यसमा दुई हजार बाथ[o] अटाउँथ्यो।
27 हूरामले काँसाका दश वटा ठेला गाडाहरू बनाए। जसमा प्रत्येक गाडाको लम्बाइ चार क्यूबिट, चौडाइ चार क्यूबिट र उचाइ तीन क्यूबिट[p] थियो। 28 ती यसरी बनाइएका थिए: ती ठेलागाडाका चारैतिर पाताहरू थिए। ती पाताहरू ठाडो डण्डीको बीच-बीचमा जोडिएका थिए। 29 ती ठाडो डण्डीहरूका बीच-बीचका पाताहरूमा सिंह, साँढे र करूबहरूका आकृतिहरू थिए। अनि ती ठाडो डण्डीहरूमा पनि त्यस्तै आकृतिहरू थिए। सिंह र साँढेहरूका आकृतिहरूको तल्तिर र मास्तिर पिटेर बनाइएका मालाका हारहरू थिए। 30 प्रत्येक ठेलागाडामा काँसका चार वटा चक्का र काँसोका चार वटा धुराहरू थिए। अनि ठेलागाडाको चारै कुनामा भएका ती चार वटा टेकोहरूमाथि त्यो भाँडो अड्याइएको थियो, जुनचाहिँ प्रत्येक पाटाका हारहरूसहित थिए। 31 गाडाका भित्रपट्टि एक क्यूबिट[q] गहिरो गोलाकार फ्रेमसहितको एउटा बाटा थियो। अनि त्यसको पीँधसित नाप्दा त्यो डेढ क्यूबिट[r] थियो। त्यसको खुला भागको वरिपरि बुट्टाहरू थिए। गाडाका फल्याकहरू गोलो नभएर वर्गाकार थिए। 32 ती चार चक्काहरू फल्याकमुनि थिए। अनि चक्काका धुराहरू गाडासित जोडिएका थिए। प्रत्येक चक्काको उचाइ डेढ क्यूबिट थियो। 33 ती चक्काहरू रथका चक्काझैँ बनाइएका थिए। अनि धुरा, घेरा, सुइरा र नाभिहरू धातु ढालेर बनाइएका थिए।
34 प्रत्येक गाडाका चार कुनामा चारै वटा बिँडहरू थिए; अनि ती बिँडहरूलाई गाडासँगै एउटै धातुको टुक्रा ढालेर बनाइएको थियो। 35 प्रत्येक गाडाको टुप्पामा एउटा आधा क्यूबिट[s] गहिरो घेरा बनाइएको थियो। ती टेकोहरू र फल्याकलाई गाडाका टुप्पामा त्यस घेरासँग जोडिएको थियो। 36 तिनले टेकोहरूमा र फल्याकहरूमा करूबहरू, सिंहहरू र खजूरका रूखहरू खोपे र चारैतिर हारहरू बनाइदिए। 37 यस किसिमले तिनले दश वटा गाडाहरू बनाए। ती सबैलाई एउटै साँचोमा, एउटै नाप र एउटै आकारमा ढालेर बनाइएका थिए।
38 त्यसपछि हूरामले चालीस बाथ[t] पानी अटाउने काँसाका दश वटा बाटाहरू बनाए। जुन नापमा चार क्यूबिट फराकिलो थियो। ती दशै वटा गाडाहरू हरेकमा एक-एक वटा बाटा थिए। 39 तिनले पाँच वटा गाडाहरू मन्दिरको दक्षिणपट्टि अनि पाँच वटा चाहिँ उत्तरपट्टि राखे। तिनले खड्कुँलोलाई मन्दिरको दक्षिण-पूर्वपट्टिको कुनामा दक्षिणपट्टि राखे। 40 तिनले भाँडाहरू, बेल्चाहरू र छर्कने कचौराहरू पनि बनाए।
48 सोलोमनले याहवेहको मन्दिरमा भएका सबै श्रृङ्गारका सामानहरू पनि बनाए:
- a लगभग 150 फिट लम्बाइ, 75 फिट चौडाइ, र 45 फिट उचाइ
- b मूल भाषामा यसको अर्थ अनिश्चित छ।
- c लगभग 15 फिट; त्यस्तै 23 मा पनि
- d लगभग 12 फिट
- e हिब्रूमा हीराम
- f लगभग 27 फिट
- g लगभग 18 फिट
- h लगभग साढे 7 फिट
- i लगभग 6 फिट
- j याकीन उनले स्थापित गर्छन्।
- k बोअज उनमा शक्ति छ
- l लगभग साढे 7 फिट
- m लगभग 45 फिट
- n लगभग 7.5 से.मि.
- o लगभग 44,000 लिटर
- p 6 फिट लम्बाइ, चौडाइ र उचाइ साढे 4 फिट
- q लगभग 45 से.मि.
- r लगभग 68 से.मि.
- s लगभग 23 से.मि.
- t लगभग 880 लिटर