3 तब एलिया भयभीत भएर आफ्नो प्राण जोगाउन भागे। यहूदाको बेर्शेबामा आइपुगेपछि तिनले आफ्नो सेवकलाई त्यहीँ छोडे; 4 तर तिनीचाहिँ एक दिनको बाटो भएर उजाडस्थानमा गए। तिनी एउटा अम्रिसको झाडीमा आइपुगे, र त्यसको फेदमा बसे। तिनले मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, “हे याहवेह, मेरा लागि अति भयो। मेरो प्राण लिनुहोस्; म मेरा पितापुर्खाहरूभन्दा असल छैनँ।” 5 तब तिनी त्यस झाडीमुनि ढल्के, र त्यहीँ निदाए।
7 याहवेहका दूत दोस्रो पल्ट आएर तिनलाई छोएर भने, “उठेर खाऊ, नत्रता तिमीलाई यात्रा गर्न कठिन हुन्छ।” 8 यसकारण तिनी उठे, र तिनले खानपिन गरे। त्यस भोजनबाट शक्ति पाएर तिनी परमेश्वरको पर्वत होरेबसम्मै चालीस दिन र चालीस रात हिँडेर गए। 9 त्यहाँ तिनी एउटा गुफाभित्र पसे, र त्यहीँ रात बिताए।
10 तिनले जवाफ दिए, “याहवेह सर्वशक्तिमान् परमेश्वरको निम्ति म धेरै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; अनि तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। अब म मात्र बाँकी रहेको छु, र तिनीहरूले मलाई पनि मार्ने कोसिस गरिरहेका छन्।”
11 याहवेहले भन्नुभयो, “गएर पर्वतमा याहवेहको उपस्थितिमा खडा हो। किनकि याहवेह त्यहाँबाट भएर जाँदैहुनुहुन्छ।”
14 तिनले जवाफ दिए, “याहवेह सर्वशक्तिमान् परमेश्वरको निम्ति म धेरै जोशिलो भएको छु। इस्राएलीहरूले तपाईंको करारलाई त्यागेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; अनि तपाईंका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। अब म मात्र बाँकी रहेको छु, र तिनीहरूले मलाई पनि मार्ने कोसिस गरिरहेका छन्।”
15 याहवेहले तिनलाई भन्नुभयो, “तँ आएकै बाटो फर्किजा, र दमस्कसको उजाडस्थानमा जा। तँ त्यहाँ पुगेपछि हजाएललाई अराममाथि राजा अभिषेक गर्। 16 निम्शीका छोरा येहूलाई पनि इस्राएलमाथि राजा अभिषेक गर्; अनि अबेल-महोलाका शापातका छोरा एलीशालाई तँपछि अगमवक्ता हुनलाई अभिषेक गर्। 17 हजाएलको तरवारबाट उम्केको जो कोहीलाई येहूले मार्नेछ; अनि येहूको तरवारबाट उम्कनेलाई एलीशाले मार्नेछ। 18 तरै पनि बालको सामु आफ्ना घुँडा नटेकेका र आफ्ना ओठहरूले त्यसलाई चुम्बन नगरेका सात हजारलाई म इस्राएलमा बचाइराख्छु।”
21 यसकारण एलीशा तिनलाई छोडेर फर्किए। तिनले आफ्नो एक हल गोरुलाई लिएर मारे। तिनले हलोका काठहरू बालेर मासु पकाए; र मानिसहरूलाई ती दिए, र तिनीहरूले खाए। त्यसपछि तिनी एलियालाई पछ्याउन गइहाले, र तिनका सेवक भए।
<- 1राजाहरू 181राजाहरू 20 ->