6 उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो—येशू ख्रीष्ट। उहाँ केवल पानीद्वारा मात्र आउनुभएन, तर पानी र रगतद्वारा आउनुभयो। अनि साक्षी दिने पवित्र आत्मा नै हुनुहुन्छ; किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ। 7 किनकि साक्षी दिनेहरू तीन छन्— 8 पवित्र आत्मा, पानी र रगत; र यी तीन सहमत छन्। 9 हामी मानिसका साक्षी ग्रहण गर्छौँ, तर परमेश्वरको साक्षी झन् महान् छ; किनकि यो परमेश्वरको साक्षी हो, जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ। 10 हरेक व्यक्ति जसले परमेश्वरका पुत्रमाथि विश्वास गर्दछ, त्यसले यो साक्षी स्वीकार गर्छ। जसले परमेश्वरमा विश्वास गर्दैन, त्यसले उहाँलाई झूटो तुल्याउँछ; किनकि परमेश्वरले उहाँको पुत्रको विषयमा दिनुभएको साक्षीलाई त्यसले विश्वास गरेको हुँदैन। 11 अनि साक्षी यही नै हो—परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ। 12 जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्वरका पुत्र हुनुहुन्न, त्यससँग जीवन छैन।
16 यदि कसैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले पाप गरेको देख्छ, जुन पापले मृत्युमा पुर्याउँदैन, त्यस्तो अवस्थामा त्यसले प्रार्थना गरिदिनुपर्छ, र परमेश्वरले त्यसलाई जीवन दिनुहुनेछ। म तिनीहरूका विषयमा जनाउँदैछु, जसको पाप मृत्युमा पुर्याउने किसिमको हुँदैन। त्यस्तो पाप पनि छ; जसले मृत्युमा पुर्याउँछ। त्यस्तो पापको निम्ति त्यसले प्रार्थना गरिदेओस् भनी म भन्दिनँ। 17 सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ, जसले मृत्युमा पुर्याउँदैन।
18 जो परमेश्वरबाट जन्मेको छ, त्यसले पाप गर्दैन भनी हामी जान्दछौँ; परमेश्वरका पुत्रले उसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई हानि गर्न सक्दैन। 19 हामी परमेश्वरका सन्तान हौँ, र सारा संसार दुष्टको नियन्त्रणमा परेको छ भन्ने कुरा हामी जान्दछौँ। 20 हामी यो पनि जान्दछौँ, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्न सकौँ भनेर परमेश्वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौँ; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्टमा छौँ। उहाँ नै एक मात्र सत्य परमेश्वर र अनन्त जीवन हुनुहुन्छ।
- a मूल भाषामा नानीहरू हो, मूर्तिबाट अलग रहो।