4 यसकारण मूर्तिहरूलाई चढाएको खानेकुराको विषयमा हेरौँ: हामी जान्दछौ कि “यस संसारमा मूर्तिहरू केही पनि होइनन्” र “एकबाहेक अरू कोही परमेश्वर छैन।” 5 तर पनि आकाश वा पृथ्वीमा धेरै देवता भनिनेहरू छन्; साँच्चै धेरै “देवताहरू” र धेरै “प्रभुहरू” छन्, 6 तर हाम्रा निम्ति परमेश्वर पिता एउटै हुनुहुन्छ, जसद्वारा सबै थोकहरू अस्तित्वमा आएका छन्, र जसको निम्ति हामी जिउँछौ; र एउटै प्रभु हुनुहुन्छ अर्थात् येशू ख्रीष्ट, जसद्वारा सबै कुराहरू सृष्टि भएका हुन्, र जसद्वारा हामी जिउँछौँ।
7 तर सबैलाई यो ज्ञान छैन। केही मानिसहरूलाई मूर्तिहरूमा यतिसम्म बानी बसेको हुन्छ, कि जब तिनीहरूले मूर्तिलाई बलि चढाएको भोजन खान्छन्, तब तिनीहरूले देवतालाई चढाएको चीज सम्झी खान्छन्। तिनीहरूको विवेक दुर्बल भएको कारणले अशुद्ध हुन्छ। 8 तर भोजनले हामीलाई परमेश्वरको नजिक ल्याउँदैन। त्यो नखाँदैमा कुनै हानि छैन, र खाँदैमा पनि कुनै लाभ छैन।
9 तर होसियार रहो, नत्रता तिमीहरूको यो स्वतन्त्रता कमजोर विवेक हुनेहरूलाई ठेसको कारण बन्न जाला। 10 किनकि यदि कमजोर विवेक भएको व्यक्तिले तिमीहरू ज्ञान भएकाहरूलाई मूर्तिहरू भएको मन्दिरमा खाँदैगरेको देख्यो भने के त्यसले पनि मूर्तिलाई चढाएको कुरा खान साहस गर्दैन र? 11 यसकारण तिमीहरूको ज्ञानको कारण त्यो कमजोर दाजुभाइ वा दिदीबहिनीहरू नष्ट नहोस्, जसका निम्ति ख्रीष्ट मर्नुभयो। 12 जब तिमीहरू उनीहरूका विरुद्धमा यसरी पाप गर्दछौ; उनीहरूका कमजोर विवेकलाई चोट पार्दछौ, तब तिमीहरूले ख्रीष्टको विरुद्धमा पाप गर्दछौ। 13 यसकारण यदि म जे खान्छु, त्यसले मेरो दाजुभाइ वा दिदीबहिनीहरूलाई पाप गर्न लगाउँछ भने म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म तिनीहरूको पतन हुने कारण नबनूँ।
<- 1 कोरिन्थी 71 कोरिन्थी 9 ->