3 दावीदले याहवेहको सन्दुकको निम्ति तयार गरेको ठाउँमा, त्यस सन्दुक ल्याउन सारा इस्राएललाई यरूशलेममा भेला गराए।
16 दावीदले लेवीहरूका अगुवाहरूलाई सारङ्गी, वीणा र झ्यालीहरूले हर्षोल्लासका गीत गाउन तिनीहरूका आफन्तहरूलाई सङ्गीतकारहरू नियुक्त गर्नू भनी आज्ञा गरे।
17 यसकारण लेवीहरूले योएलका छोरा हेमानलाई नियुक्त गरे। तिनका आफन्तहरूबाट बेरेक्याहका छोरा आसाप र तिनीहरूका मरारी आफन्तहरूबाट कूशायाहका छोरा एतानलाई नियुक्त गरे। 18 अनि तिनीहरूसँगै दोस्रो दर्जामा तिनीहरूका आफन्तहरू, जकरिया, बेन, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलिआब, बनायाह, मासेयाह, मत्तीत्याह, एलीपेलेहू, मिक्नेयाह, र द्वारपालहरूमा ओबेद-एदोम र यीएललाई नियुक्त गरे।
19 सङ्गीतकार हेमान, आसाप र एतानले काँसाको झ्याली बजाउनुपर्थ्यो। 20 जकरिया, आजीएल, शमीरामोत, यहीएल, उन्नी एलिआब, मासेयाह र बनायाहले अलामोत, अनुसार सारङ्गी बजाउनुपर्थ्यो। 21 अनि मत्तीत्याह, एलीपेलेहू, मिक्नेयाह, ओबेद-एदोम, यीएल र अजज्याहले शेमीनीत, अनुसारको निर्देशनमा वीणा बजाउनुपर्थ्यो। 22 लेवीहरूका अगुवा कनन्याहचाहिँ भजन गाउने प्रमुख थिए। तिनको जिम्मेवारी गाउने थियो; किनकि तिनी गाउनमा निपुण थिए।
23 बेरेक्याह र एल्काना सन्दुकका द्वारपालहरू थिए। 24 शबन्याह, योशापात, नथनिएल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्वरको सन्दुकको अगाडि तुरही बजाउनुपर्थ्यो। ओबेद-एदोम र यहियाह पनि सन्दुकका निम्ति द्वारपाल खटाइएका थिए।
25 यसकारण दावीद र इस्राएलका प्रधानहरू र हजार-हजार सैन्यदलका सेनापतिहरू ओबेद-एदोमको घरबाट हर्षोल्लासकासाथ याहवेहको करारको सन्दुक ल्याउन गए। 26 याहवेहको सन्दुक बोकेका लेवीहरूलाई परमेश्वरले सहायता गर्नुभएको हुनाले, लेवीहरूले सात वटा गोरु र सात वटा भेडा बलि चढाए। 27 अब दावीदले पनि सन्दुक बोक्ने सबै लेवीहरू, सङ्गीतकारहरू र गायन झुण्डका मुखिया कनायाहले जस्तै मलमलको वस्त्र लगाएका थिए। दावीदले मलमलको एपोद पनि लगाएका थिए। 28 यसकारण सारा इस्राएलीहरूले भेडाको सिङ, तुरही, झ्याली, सारङ्गी र वीणा बजाउँदै जयजयकार गर्दै याहवेहको करारको सन्दुक ल्याए।
29 याहवेहको करारको सन्दुक दावीदको सहरमा प्रवेश हुँदै गर्दा, शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन् र दावीद राजालाई नाच्दै र उत्सव मनाइरहेका देखिन्, तब तिनले मनमनै तिनलाई अपमान गरिन्।
<- 1 इतिहास 141 इतिहास 16 ->