4 शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्ली उडाउनेछन् र मार्नेछन्।”
7 जब बेँसीमा भएका सारा इस्राएलीहरूले सेनाहरू भागिरहेका, र शाऊल र तिनका छोराहरू मरेका देखे, तब तिनीहरू आफ्ना सहरहरू छोडेर भागे। अनि पलिश्तीहरू आएर तिनीहरूका सहरहरू कब्जा गरे।
8 भोलिपल्ट जब पलिश्तीहरू मरेकाहरूका माल लुट्न आए, तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो पर्वतमा मारिएका भेट्टाए। 9 तिनीहरूले तिनलाई नाङ्गो पारेर तिनको टाउको र हतियार लगे। यो खबर तिनीहरूका मूर्तिहरू र तिनीहरूका मानिसहरूका बीचमा घोषणा गर्नलाई पलिश्तीहरूको देशभरि दूतहरू पठाए। 10 तिनीहरूले शाऊलका हतियार आफ्ना देवताहरूको मन्दिरमा राखे, र तिनको टाउकोलाई चाहिँ आफ्ना देवता दागोनको मन्दिरमा झुण्ड्याए।
11 जब याबेश-गिलादका सबै बासिन्दाहरूले शाऊललाई पलिश्तीहरूले के गरेका थिए भन्ने सुने, 12 तब तिनीहरूका सबै वीर मानिसहरू गएर शाऊल र तिनका छोराहरूका मृत शरीर याबेशमा ल्याए। त्यसपछि उनीहरूले तिनीहरूका हड्डीहरू याबेशको ठूलो रूखमुनि गाडे; र उनीहरू सात दिनसम्म उपवास बसे।
13 शाऊलको मृत्यु भयो; किनकि तिनी याहवेहप्रति विश्वासयोग्य थिएनन्। त्यसकारण तिनले याहवेहको वचन पालन गरेनन्, तब तिनले अगुवाइको निम्ति तन्त्रमन्त्रको सल्लाह लिए; 14 तर याहवेहसँग चाहिँ सल्लाह लिएनन्। यसकारण याहवेहको विरोध गरेको पापले गर्दा तिनी मर्नुपर्यो। अनि उहाँले तिनको राज्य यिशैका छोरा दावीदलाई दिनुभयो।
<- 1 इतिहास 91 इतिहास 11 ->